‘बस रहर सजाउँदै…’ रोइलामा सुनिता (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २० असार मंगलवार
no img

काठमाडौं, २० असार । नेपाली नारीहरुको विशेष पर्व हरितालिका तिज नजिकिँदै गर्दा ‘तिज क्वीन’का रुपमा परिचित गायिका सुनिता दुलाल भने रोइला दोहोरी गीत लिएर आएकी छन् । हरेक वर्ष तिजकै गीत गाएर नाम र प्रतिष्ठा कमाउन सफल सुनिताको यो रेउला गीतलाई कमलादेवी डिजिटलले प्रस्तुत गरेको हो । ‘बस रहर सजाउँदै’ बोलको यस गीतमा सुनितासँगै जया देवकोटाले स्वर दिएका छन् ।

https://www.youtube.com/watch?v=cEGDo5scNS8&feature=youtu.be

यस गीत सुनिताले हरेक वर्ष निकाल्ने गीतभन्दा केही फरक छ । यसबारे सुनिताले भनिन्, ‘दर्शक तथा श्रोतालाई केही फरक स्वाद पस्कने हेतुले यो रोइला दोहोेरी गाएकी हुँ ।’ हुन त सुनिताले यो रेउला गाउँदैमा तिजलाई अर्को गीत गाउँदिनन् भन्ने चाहिँ होइन किनकि तिज गीतबाट नै चर्चा बटुलेकी सुनिताले पक्कै यसपालीको तिजमा पनि नचाउँनेछिन् । तर, त्यो भन्दा अगाडि सुनिताको यस रोइला गीतमा पक्कै दर्शकले कम्मर मर्काउनेछन् । यस भिडियोमा भने हास्य कलाकार दमन रुपाखेती र सुशिला निरौलाले अभिनय गरेका छन् ।
सुनिताले पनि त्यही आशा गरेकी छन् । तिज तथा हरेक नेपालीको चाडपर्वमा विदेशतिरै व्यस्त हुने सुनिताले यस वर्षका लागि नयाँ प्रस्तुती दिने प्रयास गरिरहेकी छन् । सुनिताको यो रोइला गीतको शब्दरचना नवराज र संगीत जया देवकोटाले दिएका हुन् ।

Comments