काठमाडौं, १८ असार । महिलाहरुको पर्व तिज आउन लगभग अझै दुई महिना बाँकी छ । तर, गायक गायिकाले तिजलाई मध्यनगर गरेर ल्याउने संगीतिक कोशेलीले बजार तताउन थालिसकेका छन् । यस्तैमा गायिका लक्ष्मी आचार्यले पनि तिजलाई मध्यनजर गर्दै गीत सार्वजनिक गरेकी छन् ।
गायिका आचार्यले भिटामिन बोलको तिज गीत ल्याएकी हुन् । उनलाई यो गीतमा चर्चित गायक खुमन अधिकारीले गायनमा साथ दिएका छन् ।
गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । भिडियोमा अभिनेत्री तथा मोडल सुस्मा अधिकारी र शंकर बिसीको अभिनय रहेको छ ।
फिल्मी पारामा कमेडी शैलीमा निर्माण गरिएको भिडियो निकै रमाइलो रहेको छ । कोरस डान्सर समेत प्रयोग गरिएको भिडियो निकै खर्च गरेर बनाइएको अनुमान लगाउन सकिन्छ ।
नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो करण चैसिरले छायांकन गरेका हुन्, भने निर्देशन प्रकाश भट्टको रहेको छ ।
गायिका आचार्यका आधुनीक, लोक, लोकपप लगायतका दर्जनौ गीत बाँहिर आइसकेका छन् । केही फरक शैलीको गीत पस्कन रुचाउने गायिका आचार्यले यो गीत कमेडी शैलीमा ल्याएकी हुन् ।