‘पिर नगर सानु…’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, १४ जेष्ठ आईतवार
no img

काठमाडौं, १४ जेठ । निता शाही ठकुरीको लोक दोहोरी गीत “पिर नगर सानु ”को भिडियो सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमका बीच उत्त भिडियो सार्वजनिक गरिएको हो । चम्फा खुलाल मगर र रमेश बोहोराको स्वर रहेको छ । उत्त गीतमा दिनेश डाँगीले लय भरेका छन् भने रमेश बोहोरा कै शब्द रहेको छ । यस गीतमा रंगकर्मी भोला अधिकारी, प्रमिला न्यौपाने,दिनेश डाँगी र लिला गिरीले अभिनय गरेका छन् । गायक बन्न भोलालाई प्रमिलाले गीत मार्फत आग्रह गरिएको छ । तिमी गीत गाउ, म व्यापार गरम्ला भन्ने भाव गीतले पोखेको छ । गीतलाई दाङ स्वर्गद्धारी म्युजिक प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ ।

https://www.youtube.com/watch?v=LW4GYe9gogw

Comments