‘ताप्लेजुङको तोङ्बा’मा रमाए शैलेन्द्र–रुपा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २० बैशाख बुधबार
no img

काठमाडौं, २० वैशाख । विभिन्न संघसंस्था रहेर समाजिक कार्यमा सक्रिय रहँदै आएका शैलेन्द्र थेबे म्युजिक भिडियो अभिनयमा पनि देखिएका छन् । सुरोज याक्थुङ्बा मादेन र गायिका पार्वती राईको स्वर रहेको ‘ताप्लेजुङको तोङ्बा सुकुटी’ बोल गीतमा शैलेन्द्रले अभिनय गरेका हुन् । उनीसँगै मोडल रुपा आङबुहाङले रोमान्स गरेकी छन् ।
शैलेन्द्र हिलिहाङ हाक्पारे पालाम सयङको महासचिव, किरात याक्थुङ चुम्लुङ काठमाडौंको जिल्ला सदस्य, नवजागरण युवा क्लवका संस्थापक सचिव, कञ्चनजंगा फुङ्लिङ क्लवका उपाध्यक्ष, थेबे समाज उपत्यका समितिका अध्यक्षमा समेत हुन् । उनले अभिनय गरेको यो गीत धेरै अगाडि रेकर्डिङ भई लोकप्रिय बनेको थियो ।
एल्बमहरु बजारमा ल्याएर सञ्चारक्षेत्रबाट टाढा रहेका गायक सुरोजले वि.सं. २०५२ सालमा भएको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा दोश्रो भएका थिए । उनले हालै सन्देशमुलक लिम्बू गीत संग्रह बजारमा ल्याएका छन् ।
ताप्लेजुङ आसपासमै छायांकन गरिएको यस भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका हुन् । साँवालाई ड्रेसअपमा द हाइल्याण्ड आर्ट, सम्पादनमा निशान घिमिरे, नृत्यमा दिनेश माङ्मु, श्रृङ्गारमा सोम मगराती, छायांकनमा भुपेन्द्र तुम्बाहाम्फेले सहयोग गरेका छन्

Comments