नयाँ वर्षमा माया गर्नेहरुलाई ‘लभ लभ लभ’
screennepal
प्रकाशित: २०७३, २४ चैत्र बिहीबार
no img

काठमाडौं, २५ चैत । बैशाख १ मा रिलिज हुन लागेको फिल्म ‘लभ लभ लभ’ यतिबेला चर्चामा छ । उच्च मेकिङ अनि प्रेमकथा बोल्ने फिल्मको भिडमा बेग्लै स्वादको दावीसँगै दरिलो प्रचार यसका खास पाटोहरु हुन् ।

love love love sogs
अमृत पाण्डेको प्रस्तुती र शर्मिला पाण्डेको निर्माण रहेको यस फिल्मलाई दिपेन्द्र के, खनालले निर्देशन गरेका हुन् । फिल्मी क्षेत्रमा छुट्टै पहिचान बनाएका दिपेन्द्रको फिल्म रिलिज पहिले संभावना देखाउँने गर्छ ।
खनाल भन्छन्, ‘लभ स्टोरी भन्दैमा यो जनराका आम फिल्मकै लाइनमा ‘लभ लभ लभ’लाई म लिन्नँ, मेरो फिल्मले पछिल्लो समय मौलाउँदो फास्टफुड लभभन्दा माथिको कथा बोल्छ ।’ उनले पछिल्लो पुस्तामा ‘फास्टफुड’ शैलीको प्रेम फस्टाउँदै गएपनि आदर्श प्रेम नमरिसकेकोले सच्चा अनि गहिरो प्रेम गर्नेहरु पनि छन् भन्ने कुरा फिल्मले बोल्ने बताए ।
माया गर्नेहरुको लागि नयाँ बर्षमा आफ्नो उपहार ‘लभ लभ लभ’ भन्दै टिकट काटेर हलमा पुग्ने दर्शकलाई न्याय गर्ने फिल्म लभ लभ लभ बनेकोमा शंका नगर्न उनको आग्रह छ । संवादबाहेक पनि कलाकारको हाउभाउ र परिस्थितिले दर्शकमा सञ्चारको काम गर्ने भन्दै खनालले यो प्रकारको स्वाद आफ्नो फिल्मले पस्किने दाबी गरे ।
निरज कंडेलले खिचेको फिल्ममा सुरज पाण्डे र  स्वस्तिमा खड्का लिड अभिनयमा छन् । सुरजको लागि यो फिल्म लिड अभिनयमा डेब्यू हुनेछ । उनले यसअघि भने वाल कलाकारको रुपमा आधा दर्जन फिल्ममा काम गरिसकेका छन् ।

Comments