‘डाँडैमा बिजुली आयो’ शंकर–पार्वतीको छमछम (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २५ फाल्गुन बुधबार
no img

काठमाडौं, २५ फागुन । केही समययता राजधानी लोडशेडिङ मुक्त छ । साथै, नेपाल बिद्युत प्राधिकरणले नेपालका हरेक कुनाकुनामा बिजुली पु¥याउने र सहरहरुमा लोडसेडिङमुक्त गर्ने अभियान नै सुरु गरेको छ । यसैबेला गायक विरही कार्कीको ‘डाँडैमा विजुली’ आएको छ ।
सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा यी चर्चित गीतकार, संगीतकार तथा गायक कार्कीले लोक तथा दोहोरी गीत ‘डाँडैमा बिजुली आयो’ भिडियोसहित बजारमा ल्याएका हुन् ।
गीतमा उनको र नवगायिका कल्पना सुनुवारको सुमधुर स्वर छ । गीतको शब्द तथा संगीत कार्कीको रहेको छ । ‘डाँडैमा बिजुली आयो’लाई सुनखानी म्युजिक निर्माणमा शाही भिजन प्रालिले निर्माण गरेको हो । जसलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।
गीतमा पछिल्लो समय निकै चार्च बटुल्न सफल मोडल तथा नृत्य नायक–नायिका शंकर बिसी र पार्वती राईको साथमा अन्य विभिन्न कलाकारको नृत्य रहेको छ ।

Comments