काठमाडौं, २३ फागुन । पहिलो म्हेन्दोमाया गायक लेक योञ्जनले सेलोघरलाई सघाएको छ । उनले विहेको भोज भतेरमा हुने फजुल खर्चलाई सामाजिक काममा लगाएका हुन् । शनिबार उनले काभ्रे बालुवापाटी–६ स्थित सामुदायिक सेलोघरलाई ५० हजार रुपैंया सहयोग हस्तान्तरण गरे ।
गणेश हिमाल आसपासमा प्रचलित लोक गीत म्हेन्दोमायालाई लेकले रेडियो नेपालमा पहिलोपटक गाएर राष्ट्रिय रुपमा चिनाएका थिए । उनी तामाङ समाज युएईका संस्थापक महासचिव समेत हुन् । हालै सलिना पाख्रिनस“ग विवाह बन्धनमा बा“धिएका उनले सेलोघरका उपाध्यक्ष विकिराम तामाङ र कोषाध्यक्ष सानुमाया तामाङलाई सहयोग हस्तान्तरण गरेका हुन् । बा“की रकम उनले आफ्नै गाउ“ धादिङ सेम्जोङ स्थित गुम्बालाई सहयोग गर्ने जनाए । ‘रामरमाइलोमा पैसा सकाउनु भन्दा केही अर्थपुर्ण काम गर्न मन लाग्यो’ उनले भने, ‘त्यही भएर भुकम्प पीडित यो थलोमा आइपुग्यौं ।’
पर्यटकीय थलो नगरकोट छेवैको यो बस्तीमा म्यानमारका रक गायिका सी र बौद्धगुरु विन मिन थ्वेको पहलमा ६ महिना अघि सामुदायिक सेलोघर निर्माण गरिएको थियो । बालशिक्षास“गै महिलालाई शीपमुलक प्रशिक्षण र रंगमंचीय अभ्यासको साझा थलो बनाउने ध्येय रहेको सेलोघरमा पुस्तकालय र फर्निचर व्यवस्थापनका लागि सहयोग रकम प्रयोग गरिने उपाध्यक्ष्य विकिराम तामाङले जनाए ।