काठमाडौं, २१ फागुन । गीतकार तथा मोडल दर्पण राई र गायक तथा संगीकार महेन्द्र राईबीच विवाद बाहिएको छ । गीतकार दर्पणको गीत ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’ मा संगीत गरेको परिश्रमिक नपाएको जस्तो गुनासो महेन्द्रले गरेपछिको यो विवाद भिडियोमा कैद भएको हो ।
दर्पण बिच्किँदै महेन्द्रलगायत गायिका दीपा तामाङलाई एउटा कफी शपमा पुगेपछि गायक समेत रहेका संगीतकार महेन्द्र पनि बिच्किए । ‘मैले त्यसो भनेकै छैन । कसले भन्यो ? त्यसलाई म ठीक पार्छु’ मन्दै महेन्द्र जंगिए तर दर्पणले जसले भनेपनि त्यो व्यक्तिको नाम नभन्ने जिकिर गर्छन् । अति भएपछि महेन्द्रले त्यो मान्छेको नाम भन्ने पर्ने बताएपछि दर्पणले भने, ‘यहाँ पर हेर्नुस् त क्यामेरा । तपाइँ फ्रेन्कमा हुनहुन्छ । त्यो थाहा पाएपछि महेन्द्रले लामो सास तान्दै भने, ‘हैट म त छक्कै परे नि ।’
यो गीतकार तथा निर्देशकसमेत रहेका दर्पणले पहिलोपटक फ्रेन्क भिडियो बनाएका हुन् । जसले सुरुमै आफ्नै साथी संगीतकार र गायिका दीपालाई तर्साए । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला । (गसिप)