काठमाडौं, १६ फागुन । फिल्मी दुनियाँकै गरिमामय अवार्ड मानिएको ओस्कर समारोहमा कार्यक्रम उद्घोषकले गल्ती ग-यो भने के होला ? आइतबार राति लस एञ्जलसमा सम्पन्न ८९औं ओस्कर अवार्ड समारोहमा यस्र्तै भयो । तर, उद्घोषकले तुरुन्तै आफ्नो गल्ती सच्याए ।
उद्घोषकले पहिलेदेखि नै चर्चामा रहेको फिल्म ‘लाला ल्याण्ड’ ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको घोषणा गरेका थिए । तर, केहीबेरमा नै आयोजकद्वारा गल्तीका कारण यस्तो घोषणा भएको जनाउँदै ‘मुनलाइट’ले उक्त अवार्ड जितेको घोषणा गरियो ।
ओस्करमा ‘लाला ल्याण्ड’ ले ६ विधामा अवार्ड हात पारेको छ । ‘बेस्ट डाइरेक्टर’, ‘बेस्ट ओरिजिलन स्कोर’, ‘बेस्ट सङ’ मा अवार्ड हात पारेको छ । ‘सिनेम्याट्रोग्राफी’ र ’प्रोडक्सन डिजाइन’को अवार्ड पनि यही चलिचित्रको पोल्टामा प¥यो । यो चलचित्र १४ विधामा मनोनित थियो ।
त्यस्तै, बेस्ट फिल्मको अवार्ड पाएको ‘मुनलाइट’ ले ‘एडप्टेड स्क्रिन प्ले’ अवार्ड पनि प्राप्त गरेको छ । यही चलिचत्रका लागि इम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । ‘म्यान्चेष्टर बाइ द सी’ चलचित्रका लागि केसी एफ्लेकले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् । सहायक कलकारको अवार्ड भने भिओला डाबिसले ‘फेन्सेज’ चलचित्रका लागि र महेर्शला अलिले ‘मुनलाइट’का लागि प्राप्त गरे ।
‘म्यान्चेष्टर बाइ द सी’ र ‘ह्याक्स रिड्ज’ले दुई–दुई वटा अवार्ड जिते भने ‘ह्याक्स रिड्ज’ले साउण्ड मिक्सिङ र बेस्ट इडिटिङ अवार्ड प्राप्त गरेको छ । इरानी फिल्म ‘द सेल्सम्यान’ उत्कृष्ट विदेशी भाषाको फिल्मको पुरस्कार प्राप्त गर्न सफल भएको छ । -एजेन्सीको सहयोगमा