चतुरालेमा प्रेमले भावुक बनाएँ दर्शक !
screennepal
प्रकाशित: २०७३, १५ फाल्गुन आईतवार
no img

नुवाकोट, १५ फागनु । ‘आबाम बोर्जी दैवसे (बुवा त लग्यो दैवले)…’ बोलको गीत बरिस्ठ गायक प्रेम लोप्चनले प्रस्तुत गरिरहँदा रौनकतापूर्ण तातिरहेको ल्होछार सांगीतिक माहोल भावुक बने । विशेषगरी पिता गुमेकाहरु भावुक भएका थिए, गायक लोप्चनको मार्मिक गीतले । नुवाकोट चतुराले बरबन्दीमा शुक्रबार आयोजित २८५३ ज्या ल्होछारको सन्दर्भमा लोप्चनले गाएका थिए ।

Chaturale 3
‘ल्होछार संस्कृति हाम्रो पहिचान, सांस्कृतिक जागरण हाम्रो अभियान !’ मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् चतुरालेद्वारा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता कृषि विकास राज्यमन्त्री माननीय राधिका तामाङले गरेका हुन् । समग्र सहभागी गाउँलेलाई शुभकामना मन्तव्य दिने क्रममा राज्यमन्त्री तामाङले अबको निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने बताइन् । यसर्थ उत्पिडित उपेक्षित समुदायको हकमा अघि बढ्ने प्रतिनिधि चुनिनुपर्ने सुझाइन् ।

Chaturale 2

यसैक्रममा कुलमान घिसिङको उदाहरण दिदै तामाङले इमानदारीपूर्वक आफ्नो जिम्मेवार बहन गर्न सक्छ भन्ने ठोकुवा समेत गरिन् । चतुराले गाविसलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत तरकारीको लागि पकेट क्षेत्रको रुपमा समेत घोषणा गरिन् । यसैगरी मन्तव्यकै क्रममा नेपाल तरुण दल क्षेत्र नम्बर एकका क्षेत्रीय सभापति यदुमान लामाले बिचौलीया प्रथा अन्त्य गर्न सकिएमा किसानहरुले राम्रो मुल्य पाउने बताउदै शुभकामना दिए ।

मन्तव्यकै क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिलबहादुर लामा, माओवादी केन्द्र ककनी गाउँ कमिटीका अध्यक्ष मानबहादुर लामा, महेन्द्र उच्च मावि चतुरालेका शशीकुमार थपलिया, ब्रह्मायणी निमाविका प्रअ नवराज पाठक, गाविस सचिव निर्मल तुम्रोक, नेपाल कम्युनिस्ट पार्टी विप्लव चतुरालेका संयोजक बृष तामाङ, नेकपा माओवादी केन्द्र चतुरालेका अध्यक्ष प्रतिमान तामाङ, राप्रपा गाउँ कमिटीका सचिव भुवल तामाङ, ग्लान वंशावली समाजका सदस्य हेमबहादुर ग्लान, महासंघका पूर्वअध्यक्ष रत्नबहादुर तामाङ, सल्लाहकार हर्षबहादुर तामाङलगायतले शुभकामना दिएका थिए ।
महासंघका अध्यक्ष जयबहादुर तामाङको सभाअध्यक्षमा सम्पन्न सो कार्यक्रममा तामाङ समुदायको पहिलो महिला मन्त्री भएकोमा संस्थाबाट सम्मान पनि गरिएको थियो । कलाकारहरूले दर्शकलाई ल्होछारमय माहोल बनाएका थिए । गायक लोप्चन, फूलकुमार बम्जन, सुवास लामा, अञ्जु थोकर, रेश्मा बम्जन, सेराप रुम्बा, विशाल स्याङतान, जोगलाल लामा, स्मृति लामा, निश्मा लामा स्थानीय कलाकार करिना तामाङ, स्वस्तिका तामाङ र आरोसी तामाङले आ–आफ्नो बेजोड प्रस्तुति दिएका थिए ।

Comments