गजलकार सन्तोषको ‘सन्तोष’
screennepal
प्रकाशित: २०७३, १२ फाल्गुन बिहीबार
no img

काठमाडौं, १२ फागुन । इलामे गीतकार तथा गजलकार सन्तोष भक्त राजलवटले तेस्रो एल्बम ‘सन्तोष’ श्रोतामाझ ल्याएका छन् । डेढ दशकदेखि गीत, गजल लेखनमा सक्रिय उनले आधुनिक तथा गजल गीत संग्रहित एल्बम ल्याएका हुन् ।

Santosh
एल्बममा ‘चाखेर किन्न नपाइने’, ‘कोही माग्छन् सम्पत्ति’, ‘अबोध मेरो तनलाई’, ‘सबैतिर एकैनासको’, ‘कोही माग्छन् सम्पत्ति’ र ‘भोक प्यास छैन’ बोलका गीत छन् ।
गीतमा मनोजराज शिवाकोटी, रमेश श्रेष्ठ, रजिना रिमाल, मिलन अमात्य र बलराम समालको स्वर छ ।
गीतमा बलराम समाल, बीबी अनुरागी, डेनी निरौला, सन्तोष श्रेष्ठको संगीत छ । स्वर्गीय आमा देवी कुमारी प्रति समर्पित एल्बमलाई विन्ध्यवासिनी म्युजिकले उत्पादन र बजार व्यवस्थापन गरेको छ ।
एक हजार बढी गीत लेखेका सन्तोषका २५ बढी गीत रेकर्ड भएका छन् । भावुक किसिमका गीत लेख्न रुचाउने उनले चाँडै पाठकमाझ गीति पुस्तक ल्याउँदैछन् । उनले यसअघि २०५९ सालमा आधुनिक गीति एल्बम ‘दुखाइ’ र २०६० सालमा लोकदोहोरी एल्बम ‘हेल्लो ड्राइभर दाइ’ श्रोतामाझ ल्याएका थिए ।

Comments