काठमाडौं, ६ फागुन ।
‘सुन साइँली साइँली परदेशबाट म आउँला
सुन साइँली साइँली चालीस कटेसी रमाउँला
प्रदेशीको पीडा बोकेको यो गीत युट्युबमा अपलोड गरिएको छैटौ दिनमा ३० लाख भन्दा बढीले हेरिसकेका छन् । यो गीत अहिले नेपालमा यु–ट्युबमा एक नम्बर टे«डिङमा छ भने सामाजिक सञ्जालमा ‘साइँली’ शब्द भाइरल बनेको छ । यहाँ दिनदिनै नयाँ नयाँ गी सिर्जना भइरहेका हुन्छन् । तर, ‘साइँली’ले जस्तो चर्चा पाउन सक्दैनन् र सकेका छ्रैनन् । आखिर यो गीत किन रुचाइयो त ?
गीतसंगीतका विश्लेषकका अनुसार यो गीतले विदेशमा रहेका नेपालीको मन छोएको छ । नेपालीहरु लाखौ विदेशमा छन् भने उक्त गीतसँग कयौंको भावना मिलेको छ । त्यसैले पनि साइँली हिट भएको हो । हुन त विदशेमा रहेका नेपालीलाई मात्र नभएर यहाँ रहेका श्रोताको पनि मन उत्तिकै जितेको छ यस गीतले । गीतको भिडियोको केही दृश्यले जोकसैको आँखा रसाउँछ ।
गायक हेमन्त रानाको स्वर रहेको यस गीतलाई पछिल्ले समयका चर्चित संगीतकार कालिप्रसाद बास्कोटाले संगीत गरेका हुन् भने हिमाल साउदको शब्दरचना हो । कालिप्रसादका यसअघिका केही गीत पनि हिट भएका छन् । तर, आधुनिक गीतमा पनि सायद यो पहिलो उनको हिट गीत हुनसक्छ । हालैमात्र अमेरिका बसेर नेपाल पmिर्कएका गायक हेमन्तका अनुसार पनि यो गीतले विदेशिएका नेपालीकै मन बढी जितेको छ । यस गीतको भिडियोमा अभिनेता गौरव पहाडी र मेनुका प्रधानले अभिनय गरेका छन् । गौरव र मेनुकाको अभिनय पनि जिवन्त छ । त्यसैले पनि यस गीतले नयाँ तथा पुराना दुवै पुस्ताका दर्शकश्रोताको मन छोएको छ । र, दैनिक यु–ट्युबमा २० हजारभन्दा बढी भ्युअर्स बढिरहेका छन् ।