काठमाडौं, ४ फागुन । गायिका तथा अभिनेत्री बिष्णु चेम्जोङ बैवाहिक बन्धनमा बाँधिएकी छन् । मोडल निर्मल मगरसँग विष्णले प्रणय दिवशको दिन मंगलबार विवाह गरेकी हुन् । उनीहरुले लिम्बु परम्पराअनुसार विवाह गरे । विवाह समारोहमा विष्णु र निर्मलले द हाइल्याण्ड आर्टकी प्रोपाइटर तथा फेसन डिजाइनर कल्पना योङहाङले तयार पारेको ढाका पहिरन पहिरिएका थिए ।
नेपाल स्टार समेत रहेकी विष्णुले ‘निशानी’, ‘तारेभीर’लगायतका चलचित्रका अभिनय गरेकी छन् । विष्णु अभिनीत ‘तारभीर’ रिलिजको क्रममा छ । यो चलचित्र १९ जेठमा रिलिज हुँदैछ । दर्जनौ चर्चित गीतमा स्वर दिइसकेकी विष्णु र निर्मलको दाम्पत्य जीवन सुखमय होस् स्क्रीन नेपालको तर्फबाट बधाइ तथा शुभकामना छ ।
तस्बिरहरु भिष्मा चेम्जोङ र मीना सिंगकको फेसबुकबाट लिइएको हो ।