काठमाडौं, १८ माघ । गायक रामकुमार राई अब हामीमाझ रहेनन् । ‘रसैको माया बस्यो ख्यालख्याल गर्दैमा, बिरसै भयो हजुर विछोड हुँदामा…’ जस्ता गीतमार्फत पछिल्लो समय नेपाली श्रोतामाझ लोकप्रिय बनेका रामकुमारको सोमबार आफ्नै निवास मोरङको बेलबारी बोराबाँधमा निधन भएको छ ।
करिब ३–४ महिनायता कलेजोमा संक्रमण भएको थाहा पाएपछि उपचाररत राईको निधन भएको गायक तथा संगीतकार भुवन सुप्तिहाङले जानकारी दिए । गायक राईका दर्जनौँ लोकप्रिय गीत छन् । ०४०–४५ सालताका रेडियो नेपाल धनकुटाबाट श्रोताको ‘फर्माइस’मा अत्यधिक रुपमा बज्ने गरेको यो गीतबाटै उनले चर्चा कमाएको हो ।