काठमाडौं, १८ माघ । ‘दोस्रो मितवाना मिस कलेजेज् नेपाल–२०१७’ को उपाधि पोखराकी दिपेश्ना हमालले जितेकी छन् । उनले आफ्ना ४२ स्पर्धीलाई पछि पार्दै उपाधि पोल्टामा पारेकी हुन् । राजधानीमा आयोपजक प्रतियोगितामा विजेता बनेकी दिपेश्नाले विभिन्न उपहार पाइन् ।
यस्तै फस्ट रनरअपको उपाधि बुढानिलकण्ठ काठमाडौंकी रविना थापा र सेकेन्ड रनरअप काठमाडौंकी निकुञ्ज मोक्तान भएका छन् ।
मर्मेड इभेन्ट एन्ड इन्टरट्रेनमेन्टद्धारा आयोजित मिस कलेजेज् नेपालमा बेस्ट पर्सनालिटी जाङ्मु लामा शेर्पा, वेस्ट वाक समृद्धि रेग्मी, बेस्ट स्माईल रुपा घले, मोस्ट चार्मिङ शहारा सिलवाल, मिस पँचुअल सोफिया बजगाई, बेस्ट स्पिच अवन्तिका फुयाँल घोषित भए ।
यस्तै मिस इन्नोसेन्ट सालु रौनियार, मिस फोटोजेनिक सायरा शाक्य, म्याजेमेन्ट च्वाईस दीक्षा रौनियार, फेस अफ मितवाना नेहा लिम्बु, मिस ट्यालेन्ट अनुरा शाही, भिवर्स च्वाईस् सलिना गुरुङ र पब्लिक च्वाईस प्रतीक्षा प्रसाई भए । सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।