काठमाडौं, १८ माघ । ‘मिस तामाङ–२०१७’ का प्रतियोगीले आ–आफ्नो कला देखाएका छन् । एभेरेष्ट फेसन होमद्वारा आयोजित प्रतियोगिताको दशौं संस्करणमा प्रतिस्पर्धा गरिरहेका तामाङ सुन्दरीहरुले नृत्य, कविता, गजललगायतका प्रतिभा प्रस्तुत गरे ।
उक्त ट्यालेन्ट शोका लागि नेपाल तामाङ कला संस्कृति केन्द्रका अध्यक्ष÷संगीतकार मिलन मोक्तान, संचारकर्मीद्धय अर्जुनबहादुर तामाङ र लक्ष्मी रुम्बा, नृत्य निर्देशक समिर लामा, साधना कला केन्द्रका नृत्य प्रशिक्षक आशा गौतम, सि नेपालका अध्यक्ष स्मिता मोक्तान, नायिका शान्ति लामा र मिस तामाङ २०१६ की विजेता उर्मिला योञ्जन निर्णायक थिए ।
यसअघि सहभागीहरुलाई कोरियाग्राफीमा रोजिन शाक्य, तामाङ भाषाबारे तामाङ डाजाङका अर्जुनबहादुर तामाङ, नृत्यमा तामाङ चलचित्र निर्देशक अमिर दोङ, संचारबारे तामाङ संचार समूहका अध्यक्ष जगत दोङ, नेपाल जेसिसका पूर्वअध्यक्ष महेश दाहालले प्रशिक्षण दिइसकेको छ भने एभरेष्ट फेशन होमका निर्देशक रञ्जिता ब्लोनको अनुसार अनेरास्ववियुका अध्यक्ष नविना लामा र अधिवक्ता बुद्धश्री लामाले पनि प्रशिक्षण दिने भएका छन् ।
प्रतियोगितामा देबु दोङ, कोपिला घलान, विनिता स्याङतान, रोजिना योञ्जन, रिता तामाङ, मनिषा तामाङ, श्रीयम थिङ, ललिता तुबा, पुनम बोम्जन, मनिषा ब्लोन, रितु गोले तामाङ, जयमाला तामाङ, स्मारिका तामाङ, अस्ना स्याङदान र मैना लामाले स्पर्धा गरिहेका छन् ।
त्यस्तै, रुपा ब्लोन, कुमारी बज्यु, अञ्जना तामाङ, दीक्षा किरण लोप्चन, गंगा पाख्रिन तामाङ, फूलमाया मोक्तान, अस्मीता बल, आश्मा मोक्तान, सरिता दोङ, सितल थोकर, करुणा बल, उर्मिला बोम्जन, मिनाक्षी तामाङ, अस्मिता योञ्जन, सरला ब्लोन, पिंकी घिसिङ, सुचिता तामाङ, नविना लामा, नावाङ मोक्तान र दीक्षा मोक्तान पनि मिस तामाङको ताज आफ्नो पोल्टामा पार्न कडा स्पर्धा गरिहेका छन् । प्रतियोगिताको फाइनल यही २२ माघमा राजधानीमा हुँदैछ ।