धरान, २६ पुस । चलचित्र ‘ओम्ला’ को सोमबार धरानमा विशेष शो गरिएको छ । धरानस्थित गणेश टाकिजमा गरिएको शोमा दर्शकको भीड लागेको थियो । ‘ओम्ला’ याख्खा संस्कृतिमा आधारित पहिलो नेपाली चलचित्र हो ।
अजय याख्खाको निर्माण र अरुण प्रधनको निर्देशन रहेको चलचित्र ‘ओम्ला’ मा पुर्वकी चर्चित मोडल सिर्जना निङ्लेखु सुब्बाको मुख्य अभिनय रहेको छ । चलचित्र हेरिसकेपछि दर्शकले ‘ओम्ला’ राम्रो भएको बताए । चलचित्रमा याख्खा समुदायको कला, संस्कृति र रहन–सहनलाई उठान गरिएको छ । निर्देशक प्रधानका अनुसार चलचित्रमा याख्खा जातीमा प्रचलित मझिया प्रथालाई मुख्य विषय बनाइएको छ ।
चलचित्रमा सिर्जनाका अलावा अजय जिमी, सागर सिंगल र मनोज शाक्यको पनि मुख्य अभिनय छ । यो चलचित्र भोली (बुधबार) बाट धरानमा सुरु हुने अन्तराष्ट्रिय चलचित्र महोत्सवमा पनि प्रदर्शन गरिँदैछ ।