स्वर्ग मलाई : पंक्षी भेषमा एञ्जेल (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ३ पुष आईतवार
no img

काठमाडौं, ३ पुस । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुँदै गएकी मोडल एञ्जेल श्रेष्ठ एक भिडियोमा ‘स्वर्गकी परी’ अर्थात् पंक्षी भेषमा देखिएकी छन् । गायक केशव बस्नेतको ‘स्वर्ग मलाई’ बोल गीतको भिडियो हालै सार्वजनिक भएको हो, जसमा एञ्जेल ‘स्वर्गकी परी’ बनेकी छन् ।

फराज अर्पणले बनाएको यस भिडियोमा उनी निकै सुन्दर देखिएकी छन् भने अभिनय पनि तारिफगोग्य गरेकी छन् । यस भिडियोमा एञ्जेलसँगै सुलभ भट्टले अभिनय गरेका छन् । रवि मल्लको शबद तथा संगीत रहेको ‘स्वर्ग मलाई’ को यस भिडियोलाई फार अ–वे इन्टरटेनमेन्टले प्रस्तुत गरेको हो ।

https://www.youtube.com/watch?v=Jj3i4ovL_OQ

Comments