काठमाडौं, ९ मंसिर । चलचित्र ‘मेन्टल’ यो शुत्रबार सिनेमा हलमा लाग्दैछ । जिएसएम मिडिया क्याम्पको ब्यानरमा बनेको यो चलचित्रको प्रस्तुतकर्ता बसन्त बर्मा हुन् ।
‘मेण्टल’ मा ले देशको शासन व्यवस्थालाई समेत गतिलो प्रहार गरेको निर्माणपक्षको दाबी छ । जनताको चाहना पुरा नहुनुमा शासकहरु र विधि प्रमुख कारक भन्ने विषयवस्तु बोको यस चलचित्रमा सुदन धिताल, केयरसिंह भण्डारी र हरि क्षेत्रीको निर्माता रहेको छ ।
चलचित्रमा प्रथम खड्का, पूजा भट्ट, सुरबिर पण्डित, रश्मि भट्ट, बसन्त बर्मा, ज्योति रसाईंलीलगायतकाको अभिनय रहेको छ भने भोजराज देवकोटाको लेखन, अर्जुन पोखरेल र राजन मगरको संगीत, राजेन्द्र सापकोटाको छायांकन, शंकर महर्जनको द्वन्द एवं सरोज पौडेलको निर्देशन रहेको छ ।