एकताका चलचित्र ‘रेशम फिलिलि’ को ‘पिरतीको छाता ओढौला’ श्रोतामाझ ‘भाइरल’ नै बन्यो । यो गीत तथा चलचित्र आएको करिब तीन वर्ष वित्न लाग्यो । तर, अहिले पनि उक्त गीतको चर्चा सेलाएको छैन । कालीप्रसाद बास्कोटाको स्वर तथा संगीतकार रहेको उक्त गीतको भिडियो दर्जनौ डुब्किेट भर्सनहरु यु–ट्युबमा आए । त्यस्तै, गएको वर्ष चलचित्र ‘वडा नं. ६’ को ‘सुर्केली थैली’ पनि त्यस्तै हिट भयो । यस गीतले अहिले पनि संगीत बजारमा रामै्र स्थान ओगटेको छ । गायिका अञ्जु पन्तले गाएको यस गीतसँगै अर्को गीत आयो चलचित्र ‘नाई नभन्नु–४’ को ‘कम्मरमाथि पटुकी’ ।
– एमपी सुब्बा
काठमाडौं, ३ मंसिर । कस्तो गीतसंगीत श्रोता तथा दर्शक रुचाउँछन् ? ठ्याक्कै थाहा हुने भए एउटै गीतले गायक, गायिका तथा संगीकार चम्किने थिए । तर, यहाँ ‘भगवान भरोसा’ भनेझैं सयौंमा एकगीत ‘हिट’ हुन्छ अनि त्यसपछि फेरि संगीतकर्मी भन्छन्, ‘अब यस्तै गीत बनाउँनु प-यो’ ।
यो भनेको पनि दर्शक एवं श्रोताको मनोभाव नबुझ्नु हो । श्रोता तथा दर्शकको मनोभाव समयअनुसार बदलिरहन्छ । त्यसैले यो वर्ष ‘हिट’ भएको गीतसंगीत अर्को वर्ष श्रोताले नरुचाउन पनि सक्छन् । प्रशंग यहाँ केही गीतको हो, जसलाई श्रोता तथा दर्शकले अप्रत्यासित रुपमा रुचाए । आफ्ना गीत अप्रत्यासित ‘हिट’ अर्थात् श्रोताले रुचाइदिँदा त्यसका गायक÷गायिका, संगीतकार अर्थात् चलचित्रका निर्माता भने दंग छन् । भन्छन्, ‘यसरी हिट होला, श्रोता एवं दर्शकले रुचाउला भन्ने त सोचेकै थिएन ।’
एकताका चलचित्र ‘रेशम फिलिलि’ को ‘पिरतीको छाता ओढौला’ श्रोतामाझ ‘भाइरल’ नै बन्यो । यो गीत तथा चलचित्र आएको करिब तीन वर्ष वित्न लाग्यो । तर, अहिले पनि उक्त गीतको चर्चा सेलाएको छैन ।
कालीप्रसाद बास्कोटाको स्वर तथा संगीतकार रहेको उक्त गीतको भिडियो दर्जनौ डुब्किेट भर्सनहरु यु–ट्युबमा आए । त्यस्तै, गएको वर्ष चलचित्र ‘वडा नं. ६’ को ‘सुर्केली थैली’ पनि त्यस्तै हिट भयो । यस गीतले अहिले पनि संगीत बजारमा रामै्र स्थान ओगटेको छ । गायिका अञ्जु पन्तले गाएको यस गीतसँगै अर्को गीत आयो चलचित्र ‘नाई नभन्नु–४’ को ‘कम्मरमाथि पटुकी’ । यसै गीतले गायिका मेलिना राईलाई देश–विदेशमा चिनायो भन्दा फरक पर्दैन । यो गीत अहिलेसम्म यु–ट्युबमा करिब ५० लाखले हेरिसकेका छन् । यो त केही उदाहरण मात्र हुन् । जसले अप्रत्यासित रुपमा चलचित्रका निर्माता तथा संगीतकार र गायक÷गायिकालाई अचम्मित पारे । र, आफ्नो भाग्य चम्काए ।
यस्तै, पछिल्लो गीत अर्थात् यसै वर्षको कुरा गरौं । यो वर्ष पनि केही गीत अप्रत्यासित रुपमा चर्चा बटुलिरहेका छन् । यतिखेर चलचित्र ‘पुरानो डुंगा’ को ‘निर जहिले रिसाउँने’ र ‘बिर विक्रम’ को ‘टलटल टल्क्यो’ बोलको गीत यु–ट्युबमा चर्चित बनेको छ । चलचित्र ‘पुरानो डुंगा’ त रिलिज नै भाको छैन । यो चलचित्र यही १० मंसिरमा रिलिज हुँदैछ । तर, गीत दर्शक तथा श्रोतामाझ ‘भाइरल’ बन्दै गएको छ । र, चलचित्र ‘विर बिक्रम’ को ‘टलटल टल्क्यो’ त्यस्तैगरी यु–ट्युबमा टल्किँदैछ । यो गीत ताराप्रकाश लिम्बूको संगीतमा गायक राजेशपायल राई र गायिका अनिला राईले गाएका हुन् ।
यो गीत यसरी हिट होला भनेर सयंम संगीतकार, गायक÷गायिका र चलचित्रका निर्देशक मिलम चाम्सले पनि सोचेका थिएनन् । यदि सोच्दो हो त गीत चलचित्र प्रमोसनका लागि अगाडि ल्याइन्थ्यो । तर, त्यसो गरिएन । अहिले यहि गीत श्रोता तथा दर्शकमाझ लोकप्रिय भइरहेको छ । यस गीतको दर्शक यु–ट्युबमा दैनिक २० हजारका दरले बढिरहेका छन् । यो गीत चलचित्र ‘बिर बिक्रम’ रिलिज भइसकेपछि करिब दुई महिनाअघि मात्र यु–ट्युबमा सार्वजनिक गरिएको हो । अहिलेसम्म (यो समाचार तयारगर्दासम्म) यु–ट्युबमा १० लाख ५० हजार पटक हेरिसकिएको छ । यो रेर्कड औसतमा हेर्दा वर्षका उत्कृष्ट १० गीतमध्ये एक हो ।
गीत ‘हिट’ भएपछि त्यसका सर्जकले चर्चा पाउनु स्वभाविक हो । अहिले गायिका अनिला राईका लागि यही भएको छ । एक दशक यता बेलायतमा बसेर नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएका अनिलालाई ‘टलटल टल्क्यिो’प्रति प्रतिक्रिया स्वरुप सयौ कमेन्ट आउने गरेका छन् । ‘मलाई फेसबुकलगायतका सामाजिक सञ्जालमा दैनिक सयौं प्रतिक्रियाहरु आइरहेका छन्’ उनले भनिन्, ‘गीत हिट हुँदा साहै्र खुसी छु ।’ हालैमात्र आफ्नो पछिल्लो एल्बम ‘स्वरांकन’ का तीन भिडियो यु–ट्युबमा सार्वजनिक गरेकी अनिलाले भनिन्, ‘अब यस्तै लोकशैलीका मौलिक गीत गाउने सोच छ ।’
गायिका अनिलालाई मात्र होइन, जुन–जुन गीत हिट भए ती गीतको सर्जकहरु त्यस्तै किसिमका गीत गाउने सोचमा छन् । यसरी गाइएका केही गीत हिट पनि भएका छन् । ‘रेशम फिलिलि’ को ‘पिरतीको छाता ओढौला हिट भएपछि कालिप्रसाद बास्कोटाले ‘पुरानो डुंगा’ मा झण्डै त्यस्तै गीत बनाए, ‘निर जहिले रिसाउँन ।’ उक्त गीत पनि हिट बन्यो । तर, सबै ‘निर जहिले रिसाउने’जस्तो नहुनुसक्छ । त्यसैले आफूले गीत गाउन र बनाउनुभन्दा पहिले एकपटक सोचेर गर्दा राम्रो हुन्छ । जुन, ‘निर रिसाउने’, ‘सुर्केथैली’, ‘पिरतीको छाता ओढौला’, ‘टलटल टल्क्यिो’ र ‘कम्मरमाथि’ जस्ता गीत बनोस् ।