नृत्य गरेर ४ लाख जित्ने हो ? सहभागी हुनुहोस् !
screennepal
प्रकाशित: २०७३, २१ कार्तिक आईतवार
no img

काठमाडौं, २१ कार्तिक । बागेश्वरी संगीतालय बुटवलले नृत्यमा उत्कृष्ट प्रतिभा खोज्ने भएको छ । ‘अल नेपाल डान्स च्याम्पियन सिप’ मार्फत संगीतालयले नृत्य प्रतिभा खोज्न लागेको हो ।

nn2
मोफसलका बिभिन्न शहरमा पहिलो चरणको अडिसन भइरहेको प्रतियोगीताको राजधानी अडिसन यहि मंसिर २ गते नेपाल सांस्कृति संघ कालिका स्थानमा आयोजना हुने संगीतालयका संस्थापक प्रिन्सिपल सुरेस सेन्चुरीले जानकारी दिए ।
जुनियर र सिनियर दुई ब्याजमा एकसाथ आयोजना हुन लागेको प्रतियोगीताको जुनियर अडिसनमा १४ मुनिका र सिनियर तर्फ १५ देखि ३५ बर्षसम्मका महिला तथा पुरुषले सहभागीता जनाउन सक्ने प्रतियोगीताको क्रियटिभ कार्यक्रम निर्देशक यम पुनले जानकारी दिए ।

nnn
प्रतियोगीताको जजका रुपमा बलिउड कलाकार बिजु पार्कि, हेमन्त गोर्खा र बिकाश चंचल र नेपाली कोरियोग्राफर जीवन मिश्र र मुकेश गुरुङ रेहका छन् । पहिलो अडिसनबाट छानिएका प्रतियोगीलाई १५ दिने बिभिन्न प्रशिक्षणमा सहभागीता गराइने छ । प्रशिक्षणकै क्रममा उत्कृष्ट १० समेत चयन हुन आयोजकको भनाई रहेको छ ।
आगामी पुस १ गते बुटवलमै अन्तिम स्पर्धा हुने प्रतियोगीतामा उत्कृष्ट ५ ,३ हुँदै बिजेता घोषणा गरिने छ ।  प्रतियोगीताको जुनियर तर्फको बिजेताले दुई लाख नगदका साथमा मुम्बईको टेरेन्स लुइसको एकडमिमा एक महिना र सिनियर तर्फका बिजताले दुई लाख नगदका साथमा ३ महिना अध्यान स्कलरसिप अवसरका साथमा बिभिन्न गिफ्ट जित्न सक्नेछन् ।
कुनै पनि भोटिङ अवसर नभएको र प्रतिभाको आधारमा विजेता छानिने दाबी गरिएको प्रतियोगीताको फाइनलमा बिश्व प्रसिद्ध कोरियोग्राफर तथा डान्स इन्डिया डान्सका डान्स माष्टर टेरेन्स लुइसले जजको भुमिका निर्बाह गर्नेछन् । प्रतियोगीतामा मिडिया पार्टनर एभिन्युज टेलिभिजन रहेको छ ।

Comments