मुम्बई, १७ कार्तिक (एजेन्सी) । ओस्कर अवार्डमा विदेशी भाषा अन्र्तगत भारतको प्रतिनिधित्व गर्ने फिल्मलाई सरकारले प्रचार खर्च एक करोड रुपैयाँ दिने भएको छ । कान फिल्म समारोहमा यस कम्पिटिशन श्रेणीका लागि निर्माताले अधिकतम २० लाख रुपैयाँ सहायता पाउने गरेको छ, जबकि अन्सर्टन रिगार्ड तथा निर्देशक फोर्टनाइट श्रेणीमा १५/१५ लाख सहायता पाउँछन् ।
भेनिस फिल्म समारोहमा यस कम्पिटिशन श्रेणीका लागि निर्माताले १५ लाख सहायता पाउँछन् । यस्तै, विभिन्न फिल्म समारोहका लागि सहायता रकम पनि फरक–फरक हुन्छ । यसअघि यसको कार्यान्वयनको जिम्मेवारी फिल्म महोत्वस निर्देशालयलाई जान्थ्यो । भारत सरकारद्वारा गठित विशेषज्ञको एक समूहको सिफारिशमा आधारित यो सहायता रकमको निर्णय गरिन्छ ।