काठमाडौं, ४ कार्तिक । विगतका वर्षमा झैं यस वर्ष पनि तिहार अर्थात् दीपावली नजिकिँदै गर्दा दैसी–भैलो गीतहरु पनि धमाधम रिलिज हुन थालेका छन् । यस्तै, शिव दर्शन फिल्मस्ले पनि एक दैसी–भैलो गीत तथा भिडियो रिलिज गरेको छ । ‘भाईटिका’ बोलको यस गीतलाई ऋषि खड्का र पुर्णकला बिसीले गाएका हुन् । विष्णु न्यौपानेको शब्द तथा ऋषिकै संगीत रहेको यस गीतको भिडियोलाई प्रविन रेश्मीमगरले निर्देशन गरेका हुन् ।
भिडियोमा शुभम थापा र अञ्जली अधिकारीले अभिनय गरेका छन् । करण चैसरको छायांकन रहको यस भिडियोका लागि अच्युत बस्नेतले कोरियोग्राफी गरेका छन् ।
https://www.youtube.com/watch?v=kzorLH8KI8w