प्रेमध्वज र केञ्जुमाको ‘ती आँखामा को छ’
screennepal
प्रकाशित: २०७३, ११ आश्विन मंगलवार
no img

काठमाडौं, ११ असोज । उमेरले आठ दशक पुगेका अग्रज गायक प्रेमध्वज प्रधानको नयाँ गीत ‘ती आँखामा को छ’ आएको छ । यो गीतको राजधानीमा सोमबार एक समारोहबीच सार्वजनिक गरियो ।
अहिलेका पुस्तासँग गीत गाउँदा पाउँदा खुसी लागेको गायक प्रधानले आफ्नो गीत सार्वजनिक समारोहमा बताए । सरल र मिठास गीत पाएमा आउँदा दिनमा अझै गीत रेकर्ड गराउने योजना पनि उनले सुनाए ।

prem-dhoj-pradhan-song-release1-2
यो गीतका रचनाकार डब्बु क्षत्रीले भने,‘ उहाँका गीतबाट म स्कुले जीवनबाटै प्रेरित थिएँ । आज उहाँले मेरो गीत गाउनुहुँदा गीत लेखनमा एउटा ठुलो सफलता मिलेको महसुस भएको छ ।’
यो गीत प्रेमध्वज प्रधान र केन्जुमा सुब्बाको स्वरमा रहेको छ । अग्रज गायक प्रधानसँग युगल गाउँन पाउँदा धेरै कुरा सिक्ने अबसर पाएको गायिका सुब्बाले बताए । यो गीतका सँगीतकार जुगल डँगोलले यस्ता अग्रज श्रष्टाको स्वरमा सँगीत दिन पाउँदा अझ हौसला बढेको बताए ।
यो गीतको भिडियो पनि सोही कार्यक्रममा सार्वजनिक गरियो । भिडियोलाई एसियन म्युजिकले आफ्नो यु ट्युव मार्फत सार्वजनिक गरेको छ ।
मोहनराज अधिकारीले निर्देशन गरेको सो भिडियोमा विकाश लामिछाने र बिनिता ओलीले अभिनय गरेका छन् । अमृत सुनुवारको छायाँकन रहेको यो गीतको भिडियोलाई माधव वेलवासेले सम्पादन गरेका हुन् ।

Comments