सीमाले ल्याइन् ‘सीमा–२’
screennepal
प्रकाशित: २०७३, ४ आश्विन मंगलवार
no img

काठमाडौं, ४ असोज । गायिका सीमा शाहले करिब तीन वर्षको अन्तरालमा गीति एल्बम ‘सीमा–२’ ल्याएकी छन् । ‘सीमा’ नामक एल्बम ल्याएर औपचारिक रुपमा नेपाली सांगीतिक क्षेत्रमा होमिएकी गायिका सीमाको यो दोस्रो एल्बम हो । यस एल्बमलाई उनले यसैसाता सार्वजनिक गरेकी हुन् । ‘सीमा’ एल्बम ल्याएको तीन वर्षपछि दोस्रो ल्याएकी सीमाले भनिन्, ‘एल्बम नल्याएपनि अरुको कलेक्शनहरुमा गाउँदै आएकी थिएँ ।’

sema
एल्बम ‘सीमा–२’ मा जम्मा सात गीत छन् । एल्बममा फूल हुँ म डाली डाली, मेरो हर सासमा, कसमै तोडी जानेलाई, भूलुँ कसरी तिम्रो याद, किन जुधे आँखा भन्थे, अल्झिँदा एकैछिन् र ओठले भन्न सकिनँ बोलका गीत रहेका छन् । जसमा सन्तोष पोखरेल, सारिका घिमिरे, समीर राई, शंकर श्रेष्ठ, स्व. राम थापा, ललिता कुवँर र अशोक महर्जनको शब्दरचना रहेको छ भने संगीत करणराज कार्की, विक्रम थापा, सञ्जय हमाल, लभ संग्रौला, स्व. रत्नबहादुर खड्की र अशोक महर्जनको रहेको छ ।

Comments