‘गाँठो’लाई ‘पिजी’
screennepal
प्रकाशित: २०७३, २५ भाद्र शनिबार
no img

img_7781

कामठाडौं, २६ भदौं । चलचित्र ‘गाँठो’ले सेन्सर बोर्डबाट पिजि सर्टिफिकेट पाएको छ । शुक्रबार चलचित्र बिकास बोर्डमा गरिएको जा“चमा चलचित्रले पिजी सर्टिफिकेट पाएको हो । ३१ भदौंमा प्रदर्शन मिति तोकेको ‘गाँठो’ को यसअघि मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले गरेका हुन् ।
सम्बन्धको बिषयमा बनेको चलचित्रमा होस्टेल रिर्टन्र्स स्टार नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठलगायको अभिनय रहेको छ । कुनैपनि दृश्य नकाटिएको चलचित्रलाई सिधै पिजी सर्टिफिकेट पाउँदा सन्तुष्टि नभएपनि सेन्सरको निर्णय मान्नैपर्ने बाध्यता रहेको निर्देशक सुरज भुषालले बताए । यो चलचित्र बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा तिलकबहादुर क्षेत्री र नृपेन्द्रराज जोशीले निर्माण गरेका हुन् । चलचित्रमा अनुपम शर्माको संगीत रहेको छ ।

Comments