एलजी फिल्म अवार्ड : ‘पशुपतिप्रसाद’ उत्कृष्ट (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, २३ भाद्र बिहीबार
no img

lg-award-2016

काठमाडौं, २३ भदौं । दयाहाङ राई र नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका छन् । बुधबार राजधानीमा पहिलोपटक आयोजित ‘एलजी फिल्म अवार्ड–२०७३’ मा दयाहाङ फिल्म ‘कबड्डी कबड्डी’ र नम्रता ‘क्लासिक’बाट उत्कृष्ट ठहरिएका हुन् । उत्कृष्ट अभिनेत्रीसहित ‘क्लासिक’ले तीन अवार्ड पाए

lg-award-2016-2को कार्यक्रममा खगेन्द्र लामिछानेको ‘पशुपतिप्रसाद’ले उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको छ ।
भद्रकालीस्थित आर्मी अफिसियल क्लवमा आयोजिक कार्यक्रममा उत्कृष्ट निर्देशकको अवार्ड ‘पशुपतिप्रसाद’बाटै दीपेन्द्र के खनालले पाए । ‘पपुलर हिरो’ तथा ‘हिरोइन’ को अवार्ड भने अनमोल केसी र रेखा थापाले पाए भने वर्षको उत्कृष्ट कपलमा ‘प्रेम गीत’मार्फत प्रदीप खड्का र पुजा शर्मा घोषित भए ।

lg-award-2016-1
उपराष्ट्रपति नन्दबहादुर पुन तथा बलिउड अभिनेता सत्रुघ्न सिन्हाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उद्धवराज भट्टराईलाई ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गरिएको छ । कार्यक्रममा अभिनेता सत्रुघ्न सिन्हाको बायोपिक पुस्तक ‘खामोस’ बिमोचन गरिएको थियो । यो अवार्ड निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले आयोजना गरेको हो । अवार्डका अध्यक्ष डिसीका अनुसार अवार्ड सोचेभन्दा सभ्य र भव्य भएको छ ।

07092016082706lg_award_073-1-1000x0 lg-award-2016-3

अवार्ड विजेताको सुचि

उत्कृष्ट फिल्म : पशुपतिप्रसाद
उत्कृष्ट निर्देशक : दीपेन्द्र के खनाल (पशुपतिप्रसाद)
उत्कृष्ट अभिनेता : दयाहाङ राई (कबड्डी कबड्डी)
उत्कृष्ट अभिनेत्री :  नम्रता श्रेष्ठ (क्लासिक)
उत्कृष्ट कोरियोग्राफी :  रेनशा वान्तवा राई (प्रेमगीत)
उत्कृष्ट म्युजिक डाईरेक्टर : अर्जुन पोखरेल (प्रेमगीत)
उत्कृष्ट एक्शन निर्देशक  : हिमाल केसी (भैरव)
उत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल (क्लासिक)
उत्कृष्ट स्क्रिनप्ले : पशुपतिप्रसाद, खगेन्द्र लामिछाने
उत्कृष्ट व्याकग्राउण्ड स्कोर : एलिश कार्की (प्रेमगीत)
उत्कृष्ट पपुलर गीत : सुर्के थैली (वडा नम्बर ६)
उत्कृष्ट छायाँकार  : पुरुषोत्तम प्रधान, सञ्जय लामा (ड्रिम्स)
उत्कृष्ट कलरिष्ट : क्लासिक, अनन्त घिमिरे
उत्कृष्ट भिएफएक्स :  च्याम्पियन (अक्की शर्मा, सत्यम राना)
उत्कृष्ट कपल अफ दी ईयर : प्रेमगीत, (प्रदिप खड्का, पूजा शर्मा)
उत्कृष्ट स्टण्ट : भैरव (सिम्पसन तामाङ
उत्कृष्ट ट्रेलर : भैरव (साहिल खान)
उत्कृष्ट पोस्टर : वडा नम्बर ६ (सुन्दर श्रेष्ठ)

Comments