काठमाडौं, १८ भदौं । बसुन्धरा नेशनल एकेडेमी, बसुन्धराले आयोजना गरेको ‘पाँचौ उपत्यकाव्यापी अन्तर विद्यालयस्तरिय एकल गायन प्रतियोगिता’मा काठमाडौ इन्टरनेशनल स्कुल गौरीघाटका शशांक सापकोटा प्रथम भएका छन् ।
प्रतियोगितामा टाइमलाइन इन्टरनेशनल स्कुल जोरपाटीकी आयुष्मा राई दोस्रो र त्रिमूर्ति सह शिक्षालयका अतित लकान्द्रि तेस्रो बने । त्यस्तै ल्यावरेटोरी स्कुलका प्रोशेष पाण्डे र पुष्प बाटिका स्कुलका उदय पाण्डेले सान्तवना पुरस्कार पाए । कार्यक्रममा ल्यावरेटोरी स्कुलका रमेश सुवेदी र काठमाडौ इन्टरनेशनल स्कुल गौरीघाटका विनय बर्मा ‘उत्कृष्ट संगीतकार’, प्रेम राई ‘परिक्षित’ र ताराप्रसाद ओस्ती ‘उत्कृष्ट रचनाकार’ घोषित भए । विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथि वरिष्ठ गायिका मिरा राणाले नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरेकी थिईन् ।
काठमाडौ उपत्यकाका ४० विद्यालयका प्रतियोगी विद्यार्थीहरुको सहभागिता रहकेो प्रतियोगिताको निर्णायकमा संगितकार महेश खड्का, संगितकार विष्णु अधिकारी, गायक उदय सोताङ र गीतकार राम भट्टराई रहेका थिए । कार्यक्रममा वरिष्ठ गायिका कुन्ति मोक्तानको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक संगीतकार डेनी निरौलाले विजयी प्रतियोगीहरुको गीत रेकर्ड गरि एल्बम निकालिने बताए ।