काठमाडौं, ६ साउन । नृत्यमा पारंगत युवायुवतीलाई खुशीको खबर छ । सुशीला आर्टस् एकेडेमीले नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहाने युवा–युवतीलाई लक्षित गर्दै ‘बेस्ट डान्सर नेपाल–२०१६’ शीर्षकमा ‘राष्ट्रियव्यापी नृत्य प्रतियोगिता’ गर्ने घोषणा गरेको छ । बिहिबार रसियन सांस्कृतिक केन्द्रमा पत्रकार सम्मेलनमा गरी एकेडेमीकी संस्थापक युलिया कोइरालाले ‘बेस्ट डान्सर नेपाल’ को दोस्रो संस्करणको औपचारिक थालनी भएको घोषणा गरेकी हुन् । एकेडेमीले थेम्स ईन्टरनेशनल कलेजको सहकार्यमा यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
‘सुशीला आर्ट्स एकेडेमीको स्थापना नेपाली कलाकारलाई सहयोग पु¥याउ“दै समग्रताको जगमा शिक्षणको माध्यमबाट कलाको प्रवद्र्धन गर्ने उद्देश्यले भएके हो, एकेडेमीकी संस्थापक कोइरालाले भनिन्, ‘संगीत, नृत्य, अभिनय लगायत सबै क्षेत्रका कलाकारलाई प्रोत्साहित गर्दै उहा“हरु कलाकार मात्र नभइ प्रतिभा, चरित्र विकास, व्यवसायिकता लगायतको माध्यमबाट नेपाली कलाको अगुवा पनि भइ अन्तर्राष्ट्रियस्तरमै नेपाली कलाको लागि योगदान पु¥याउन सक्नु हुनेछ भन्ने हाम्रो उद्देश्य हो ।’ कोइरालाले ‘बेस्ट डान्सर नेपाल–२०१६’ को उदेश्य पनि कला प्रवद्र्धन गर्नु मात्र नभइ कलाकारको प्रतिभा र क्ष्ँमताको विकास गर्नु पनि भएको स्पष्ट पारिन् ।
चार चरणमा विभाजन गरिएको यो प्रतियोगिताको पहिलो चरण असोज १ गतेदेखि प्रारम्भ हुनेछ । आवेदन फाराम भरेर प्रतिस्पर्धामा सहभागिता जनाउने प्रतिस्पर्धीहरुबीच पहिलो चरणका प्रतिस्पर्धा गराइने छ । पहिलो चरणको प्रतिस्पर्धाबाट उत्कृष्ट ४० जना प्रतियोगि छनोट गरिनेछ । पहिलो चरणबाट छनोट भएका प्रतिस्पर्धिहरु असोज २ गते दोस्रो चरणमा सहभागि हुनेछन् । दोस्रो चरणको प्रतिस्पर्धाबाट उत्कृष्ट २० को छनोट गरिनेछ । उनीहरुबीच असोज १५ गते हुने तेस्रो चरणबाट फाइनल चरणका लागि उत्कृष्ट १० को छनोट गरिनेछ । उत्कृष्ट १० प्रतिस्पर्धीहरुबीच उपाधिका लागि मंसिर २२ गते ग्रँन्ड फिनाले सञ्चालन गरिनेछ ।
प्रतियोगिताका विजेतालाई नगद ५० हजार रुपैया“ प्रदान गरिनेछ । सुशीला आर्ट्स एकेडेमीको तर्फबाट २५ हजार तथा निर्देश्ँक आकाश अधिकारीको स्काइ मुभिजको तर्फबाट २५ हजार गरी विजेताले नगद ५० हजार रुपैया“ पाउनेछन् । प्रतियोगितामा दोस्रो हुने विजेताले नगद १५ हजार रुपैया“, तेस्रो हुनेले नगद ७ हजार रुपैया“, चौथो हुनेले नगद तीन हजार रुपैया“, पा“चौं हुनेले दुई हजार रुपैया“ तथा छैठौं, सातौं तथा आठौं स्थान हासिल गर्ने प्रतिस्पर्धीले नगद एक–एक हजार रुपैया“ पाउनेछन् ।
प्रतियोगिताका निर्णायकमा मिस नेपाल २०१४ सुविन लिम्बु, चलचित्र निर्देशक आकाश अधिकारी, यूलिया कोइराला, एलिजे बियानिक रहनेछन् । पत्रकारमा सम्मेलनमा उपस्थित मिस नेपाल सुविन लिम्बुले नेपाली नृत्यांगनालाई यस्तो प्रतियोगिताले राम्रो प्लेटफार्म प्रदान गर्ने धारणा राखिन् । चलचित्र निर्देश्ँक आकाश अधिकारीले पनि नृत्य प्रतियोगिता आयोजना गरेर सुशीला आर्टस् एकेडेमीले चलचित्र क्ष्ँेत्रले गर्नु पर्ने कार्य गरिरहेको बताए ।
प्रतियोगितामा छनोट हुने प्रतिस्पर्धिहरुलाई रोयल ब्याली, बेलायतकी एलिजे बियानिकले प्रशिक्षण दिनेछिन् । पत्रकारहरुसंग कुराकानी गर्दै एलिजे नेपाली युवा–युवतीहरुको नृत्य कौशलको प्रसंसा गरेकी थिइन् ।
अघिल्लो वर्ष सम्पन्न प्रतियोगिताको पहिलो संस्करणका विजेता जेनिशा डंगोल तथा दोस्रो स्थान हासिल गर्न सफल सुम्निमा साङपाङले सुशीला आर्ट्स एकेडेमीले कलाकारहरुलाई राम्रो अवसर दिएको बताए ।