काठमाडौं । हलिउड फिल्ममेकर जोन फेवरोऊको फिल्म ‘द जंगल बुक’ भारतीय दर्शकले रुचाएका छन् । यस फिल्मले भारतमा मात्रै २ सय करोड रुपैयाँ क्लबमा दर्ज भएको छ । फिल्ममा भारतीय मूलका बाल कलाकार नील सेठीले मोगलीको भूमिका गरेका छन् । डिज्नीको फिल्म ‘द जंगल बुक’ले अहिलेसम्म १ सय ८० करोड रुपैैयाँभन्दा बढी कमाइसकेको छ ।
डिज्नीका अनुसार फिल्म ‘द जंगल बुक’ले आफ्नो सातौं हप्तामा २ दशमलव ५६ करोड कमाएको थियो । जसमा फिल्मको कुल कमाइ १८३ दशमलव ९४ करोड रुपैयाँ रहेको छ ।
डिज्नी इन्डियाकी उपाध्यक्ष अमृता पान्डेले फिल्मको कमाइ वास्तवमै उत्साहजनक रहेको बताउँदै भनिन्, ‘यसले १९७० र १९८० को दशकको स्वर्णिम युगको याद दिलाएको छ । त्यो समयमा बक्स अफिसमा हिन्दी फिल्मले सिल्वर (२५ साता) र गोल्डन (५० साता) जुबली मनाई थियो । भारतमा यो फिल्म अंग्रेजी, हिन्दी, तमिल र तेलुगू चार भाषामा ८ अप्रिलमा रिलीज भएको थियो । यो फिल्म अमेरिकामा त्यसको एक सातापछि रिलीज भएको हो । डिज्नी स्टुडियोले ‘द जंगल बुक’ को अन्य सीक्वल पनि बनाउँने घोषणा गरिसकेको छ । -Agency