काठमाडौं । गायिका रमिला ग्याङ्मी मगरको सुमधुर आवाजमा ‘घिन–घिन मादल बज्यो साइँला’ बोलको गीत म्युजिक भिडियोमा आएको छ । हालैमात्र यु–ट्युब र टेलिभिजन च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा पल शाह र बर्षा राउतले मोडलिङ गरेका छन् । निकेश खड्काको निर्देशन रहेको भिडियोमा धिरजजंग शाहको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ । गीतमा गीतकार डिपी खनालको शब्दरचना र धनु ग्याङ्मी मगरको संगीत छ ।
‘घिन–घिन मादल’ गायिका रमिलाको एकल एल्बम ‘सुस्तरी–सुस्तरी’ मा संगृहीत छ । जुन एल्बम चाँडै रिलिज गर्ने गायिका रमिलाले बताइन् । यो एल्बम पर्फोमिङ आर्ट क्रियशनको प्रस्तुतिमा बजारमा आउन लागेको हो ।