बढ्दो पुस्तक प्रेमी : पुस्तक मेलामा पाठकको भिड
screennepal
प्रकाशित: २०७२, १५ मंसिर मंगलवार
no img

काठमाडौं । ७ मंसिरबाट सुरु भएको ‘बृहत पुस्तक प्रदर्शनी–२०७२’ मा दिन प्रतिदिन पाठकको भिड बढी रहेको छ । नाकाबन्दीको सबैतिर प्रभावित भएपनि मेलामा खासै प्रभाव देखिएको छैन । काठमाडौंको मुटु भृकुटी मण्डपमा आयोजित प्रदर्शनीमा पाठकको आगमन बढेको प्रदर्शनी आयोजक संस्था रिड एण्ड ग्रो रिचले जनाएको छ । प्रदर्शनीका संयोजक एवं साहित्यकार पुण्यप्रसाद प्रसाईले पुस्तक प्रदर्शनीमा उल्लेख्य पाठकहरुको भिड देखेर भने, ‘यस्तो प्रतिकुल परिस्थितिमा पनि पुस्तक मेला गर्न लागेको सुनेर सुरुमा कोही प्रकाशकले पत्याएका थिएनन् । तर हामीले यस्तो अप्ठेरो बेलामा पुस्तक साहारा बन्न सक्छ भनेर मेलाको आयोजना गरेका हौं ।’मेलामा आफुहरुले सोचेभन्दा निकै बढी अवलोकन कर्ता आएको उनले बताए ।

pustak mela  (1)

पुस्तक मेलाको आकर्षण भनेको सम्बधित स्रस्टासँग हस्ताक्षर एवं साक्षात्कार कार्यक्रम पनि नियमित राखिएको छ । अहिलेसम्म यो मेलामा परराष्टविद एवं पूर्वमन्त्री रमेशनाथ पाण्डे, अर्का कुटनीतिज्ञ मोहनकृष्ण श्रेष्ठ, साहित्यकाहरु कृष्ण धरावासी, प्रतिक ढकाल, राजेन्द्र थापासंग हस्ताक्षर एवं साक्षात्कार कार्यक्रम आयोजना भइसकेको छ । यस्तै, मेलाका संयोजक पुण्यप्रसाद प्रसाईलाई खोजेर उनका नयाँ कृति हजार आशाहरु र यस आई क्यानमा हस्ताक्षर गराउने पाठकहरु पनि मेलामा पाइयो ।

pustak mela  (2)
१७ ंमंसिर अर्थात् भोलीसम्म चल्ने यस मेलामा दैनिक हस्तक्षर एवं साक्षात्कार कार्यक्रम रहँदै आएको छ । एक सय भन्दा बढी प्रकाशनका हजारौं शिर्षकमा पुस्तकहरु मेलामा उपलब्ध छन् । बजारमा आएका नयाँ नेपाली, अंग्रेजी तथा अन्य भाषाका साहित्यिक कृतिसँगै धार्मिक, बालकृति, सेल्फ हेल्फ सम्बन्धि पुस्तक, बायोग्राफी, अटोबायोग्राफीजस्ता विविध विधाका कृतिहरु यो प्रदर्शनीमा राखिएको छ । मेलामा विक्रीका लागि राखिएको पुस्तकको मुल्यमा १५ देखि ५० प्रतिसतसम्म छुट तय गरिएको छ । यो मेलालाई लगत्तै काठमाडौं उपत्यका बाहिरका विभिन्न शहरमा लैजाने मेला संयोजक प्रसाईले बताए ।

Comments