अभिनयमा र मोडलिङमा जम्दै मदन
screennepal
प्रकाशित: २०७२, ७ मंसिर सोमबार
no img

काठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा छोटो समयमै आफूलाई परिचित बनाउन सफल भएका छन् मदन दुमी राई । दुई वर्षयता मोडलिङमा संर्घष गर्दै आएका मदनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् । मदनले मोडलिङको सुरुवात गायक पदम राईको ‘तिम्रो यादमा’ बोलको गीतबाट गरेका हुन् । फेसनमा धनी पुर्वको धरानबाट मोडलिङ सुरुवात गरेका मदनलाई सुरुवातीको समयमा खासै गाह्रो नभएको बताउँछन् । तर उनले मोड्लिङमा आफुलाई परिपक्क बनाउनका लागी भने धेरै दुख गरेको बताउँछन् । मदनले मोडलिङमा आउनका लागि डान्स क्लास, एक्टिङलगायत आवश्यक सबै पक्षहरु सुरुवात गरेको उनी बताउँछन् ।

madan  (3)
पुर्वबाट मोडलिङको सुरुवात अनि आफन्त चिनजानको कामहरु गरेकाले पनि मोडलिङमा लागेर खासै कमाइ नगरेको मदन बताउँछन् । मोडलिङमा लागेर यति उति कमाए भन्नु भन्दा पनि काम राम्रो गर्ने आफ्नो रुचि भएको उनी बताउँछन् । मोडल मदनका अनुसार पुर्वमा गर्ने कामहरु म्युजिक भिडियोमा ५ हजार लिने गरेपनि अब आउँदा दिनमा आफ्नो रेटअनुसार चल्ने बताए । मदनले मोडलिङसंगै अब चलचित्रहरुमा पनि काम गर्ने सोच बनाएका छन् । किनभने उनी मोड्लिङँसँगै अगाडी चलचित्र ‘नोभेम्बर रेन’ मा काम गरेका थिए । मोडलिङ र चलचित्रसँगै मदनले टेलिसिरियलमा पनि काम गरेका छन् । उनले कान्तिपर टेलिभिजनबाट प्रशारण हुने ‘किलो ट्याङग माइक’ मा काम गरेका छन् ।

madan  (1)

Comments