मोडलिङ र अभिनयसँगै कविता लेख्नु बाबुको रुचि
screennepal
प्रकाशित: २०७२, १८ आश्विन सोमबार
no img

काठमाडौं । ज्यान मुग्लानपारि भएपनि नेपालीको मन आफ्नै माटोमै हुन्छ । यो आमनेपालीको जन्मजात स्वभाव हो । हुन पनि आफू जन्मे देशको माटोसँगै जोडिएको हुन्छ, कला, संस्कृति र आफ्नोपन । त्यसैले त सात समुद्रपार पुगेका नेपालीले सधैं नेपालको माटो, कला र संस्कृतिलाई मुटुमै राखिरहेका हुन्छन् । यस्तै, विगत ६ वर्षदेखि जर्मनीमा बस्दै आएका बाबु शर्माको पनि मन र तन नेपाली माटोमै छ । मोडलिङ र अभिनयमा रुचि राख्दै आएका बाबु भन्छन्, ‘मेरो ज्यानमात्र जर्मनीमा हो, मन र तन नेपालमै छ ।’ चितवनका स्थानीय बाबु भ्रमणका क्रममा जर्मनी पुगेका हुन् । सानैदेखि मोडलिङ तथा अभिनय गर्न रुचाउँने बाबु भन्छन्, ‘रुचि भएर पनि सोचेजस्तो इच्छा पूरा गर्न सकेको छैन ।’

babu
केही म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेका बाबुले मोडलिङसँगै फिल्मी अभिनयमा पनि आफ्नो इच्छा रहेको सुनाए । ‘अहिलेसम्म नेपालमै बसेको भए फिल्ममा समेत काम गरिसेकेको हुन्थे होला’ उनले भने, ‘तर यहाँ फिल्मी क्षेत्रका मान्छे नचिनेर पछाडि परेको छु ।’ उनले नेपाल आएपछि मोडलिङका अलावा फिल्ममा अभिनय गर्ने बताए । उनले भने, ‘मेरो कला मोहले होला, नेपाललाई सधैं मिस गरिरहेको हुन्छ । जहाँ गएपनि आफू जन्मेको देश र माटो बिर्सन सकिँदैन ।’

babu sharma
उनी मोडलिङसँगै कविता लेख्न र गीत सुन्न पनि औधि रुचाउँछन् । ‘मेरो अर्को सौख भनेको कविता लेख्नु हो । तर, कविता लेखेर कवि नै बन्ने धोकोचाहिँ होइन । म रहर र सौखका रुपमा कविता लेख्छु ।’ उनले जर्मनीमा बसेर पनि नेपाली गीतसंगीत नै सुन्ने गरेको बताए । ‘विदेशमा बसेर नेपाली गीतसंगीत सुन्दा छुट्टै आनन्द लाग्छ’ उनले भने, ‘नेपाली गीतसंगीत सुनेर भएर पनि नेपालको तिर्सना मेट्ने गरेको छु ।’ आधुनिक तथा सेन्टिमेन्टल गीत सुन्न मन पर्ने बताउँदै उनले भने, ‘कतै जाँदा गाडीमा उदय सोताङ, नारायण गोपाललगायतका नेपाली गायक÷गायिकाको गीत सुन्ने गरेको छु ।’ बाबुको अर्को सौख भनेको गाडी अर्थात् कार फेर्नु पनि हो । उनी भन्छन्, ‘मलाई कार फेरि फेरि चढ्न मनपर्छ । कार फेरिरहनु मेरो सौखजस्तै हो ।’ जर्मनीमा बसे पनि नेपालमा केही नयाँ काम गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए ।

Comments