हेमाको कार दुर्घटना : कारण ‘ओभर स्पिड’
screennepal
प्रकाशित: २०७२, १८ असार शुक्रबार
no img

hema-1

मुम्बई । बलिउड अभिनेत्री हेमा मालिनी दुर्घटनामा परेकी छन् । राजस्थानको दौसामा उनी चढेको कार विपरित दिशाबाट आएको अल्टो कारसँग ठोकिँदा दुर्घटनामा भएको थियो । भारतीय जनता पार्टीकी सांसदसमेत रहेकी हेमाको कारसँग ठोकिएको अल्टो कारमा रहेकी २ वर्षीया बालिकाको दुर्घटना स्थलमै मृत्यु भएको थियो भने हेमाका चाकलसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको जयपुरस्थित फोर्टिक अस्पतालमा उपचार भइरहेको छ । बिहीबार राति करिब नौ बजे दुर्घटना भएको थियो । अभिनेत्री हेमा भरतपुरबाट जयपुर जाँदै थिइन् । दुर्घटनाको जानकारी पाएपछि हेमा मालिनीलाई भेट्न केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा र मुख्यमन्त्री वसुन्धरा राजे अस्पताल पुगेका थिए । उनीहरुले हेमा मालिनीको स्वास्थ्यबारे जानकारी लिएका छन् । त्यस्तै राज्यको स्वायत्त शासन मन्त्री राजपाल सिंह शेखावतले पनि अस्पताल पुगेर हेमाको स्वास्थ्यबारे जानकारी लिएका छन् । ओभर स्पिडका कारण दुर्घटना भएको भन्दै हेमा मालिनीको ड्राइभरविरुद्ध मुद्दा दायर गरिएको छ । अल्टो कारका ड्राइभरले मुद्दा गरेका हुन् । उनले हेमाको मर्सडीज कारण अति तेज गतिमा रहेको बताएका छन् । दुर्घटनामा हेमा मालिनीको टाउकोमा गहिरो चोट लागेको बताइएको छ भने उनको हात र कम्मरमा चोट लागेको भारतीय समाचार संस्थाले जनाएका छन् । दुर्घटनाबारे जाँच भइरहेको भारतीय जयपुर प्रहरीले जनाएको छ । एजेन्सी

car

हेमाको दुर्घटनाग्रस्त कार

Comments