काठमाडौं । असार ६ गतेलाई ‘विश्व योगा दिवश’ का रुपमा मनाइने गरिएको छ । यसैक्रममा विभिन्न स्थानमा योगा गरेर यो दिवश मनाइएको छ । नेपालस्थित भारतीय दूताबासले विभिन्न सेलिब्रेटी तथा व्यक्तिहरुलाई निम्ताए योगा दिवशमा मनाएको छ । भारतीय दूतावासको निम्तोमा अभिनेत्री तथा मोडल माला लिम्बू पनि पुगेर योगामा सामेल भइन् ।
पछिल्लो समय चलचित्र ‘रातो घर’ मा आइटम गरेर चर्चामा आएकी मालाले योगामा आर्कषण शरीर देखाइन्, जसले तत्काल चर्चा पाउन थालेको छ । राजुकुमार राईको चलचित्र ‘वन वे’मार्फत अभिनेत्रीका रुपमा देखिएकी माला आफ्नो आकर्षण शरीरकै कारण चर्चामा छिन् । तर, उनले भनेजस्तो चलचित्रमा भने अभिनय गर्ने अवसर पाएकी छैनन् । आइतबार बिहान ७ बजेदेखि ९ बजेसम्म चलेको योगा कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा पनि सहभागी थिए भने विभिन्न विद्यालयका विद्यार्थी, कलाकार तथा विभिन्न पेशामा व्यक्तिले योगा गरेर यो दिवश मनाए ।
यता दूताबासमा अभिनेत्री मालाको योगाको चर्चा चलिरहेका बेला उता बलिउडमा मोडल पूनम पाण्डेको योगा चर्चा गरिएको छ । यी कन्ट्रोवर्सी अभिनेत्री तथा मोडल पूनमले ‘विश्व योग दिवस’ कै अवसरमा योगा गरिन् । जसको भिडियोमा भारतीय अनलाइन मिडियाहरुमा चर्चा पाइरहेको छ । उनको योगालाई भारतीय मिडियाले ‘योगामा पूनम पान्डे स्टाइल’ शीर्षक दिएका छन् । भिडियामो पूनमको योगाका विभिन्न आसन देख्न सकिन्छ । जसमा उनको आकर्षण शरीर हेर्न लायक छ । भिडियोमा उनी निकै सेक्सी देखिएकी छन् । कतिपयले पूनमको आसनलाई ‘डोगी स्टाइल आसन’ नाम दिएका छन् । २४ वर्षीया पूनमले आफ्नो भिडियोलाई सुरुमा ‘बाबा’ को हवाला दिएकी थिइन् ।
https://www.youtube.com/watch?v=2xDxoIDKDlI