सिनेमा हलमा खालुवार ‘कारगिल’ युद्ध (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, २६ भाद्र बिहीबार
no img

??????

काठमाडौं । विनोद सेरेङको लेखन तथा निर्देशन रहेको फिल्म ‘निशानी’ शुक्रबारदेखि देशभरका सिनेमा हलमा छाउँदै छ । रिलिजको पूर्वसन्ध्यामा बिहीबार ‘निशानी’ को राजधानीमा प्रेस सो गरिएको छ ।
फिल्ममा सन् १९९९ मा भएको खालुवार ‘कारगिल’ युद्धमा गोर्खा फौजले देखाएको बहादुरीको सत्य घटनालाई चित्रण गरिएको छ । फिल्ममा प्रेम सुब्बा, प्रशान्त तामाङ, विष्णु चेम्जोङ र नवनायिका अनु गुरुङ, जयनन्द लामा, सिरु विष्ट, कोपिला थापा, सुरज रानाभाटलगायतको को मुख्य अभिनय छ । साथै, फिल्ममा २ सय ५० जना गोर्खा सेनाले पनि अभिनय गरेको छन् ।

IMG_8630
फिल्मको प्रस्तुततकर्ता प्रेम सुब्बा हुने भने निर्माण सरोज भण्डारी र ललिता धौभडेल ‘सेरेङ’ ले गरेका हुन् । युवराज राईको छायांकन रहेको फिल्ममा नृत्य गोविन्द राई, द्वन्द्व जनक गुरुङ र संगीत बिबी अनुरागीले गरेका छन् । ‘निशानी’ को छायांकन पूर्वी नेपालको इलाम र पश्चिमको घले गाउँ र सिक्किममा गरिएको छ । यस फिल्मलाई निर्देशक सेरेङले ‘नेपाली मौलिक फिल्म’ भनेका छन् । फिल्ममा गुरुङ र लिम्बू संस्कृतिलाई पनि उजागर गरिएको छ । फिल्म ‘निशानी’ मा बिर गोर्खालीको बिरगाथा त छ नै, लाहुरेको फौजी जीवन मात्र नभई नीजि जीवन पनि भन्ने पनि सन्देश दिएको छ ।
???????????????????????????????

nn

Comments