रहरले मोडलिङ : पल्पसा (फोटोफिचर)
screennepal
प्रकाशित: २०७७, २० आश्विन मंगलवार
no img
  • तस्बिर : हरि गोपाल प्रधान

काठमाडौं, २० असोज । मोडलिङ र समाजसेवा, यी फरक पाटा हुन् । तर, यिनै दुई पाटालाई सँगै आत्मसाथ गर्दै आएकी छन्, पल्पसा श्रेष्ठ । पल्पसाको मोडलिङ पेसा होइन, रहरमात्रै हो । २१ वर्षीया पल्पसा भन्छिन्, ‘रहरले मात्र मोडलिङ गरेकी हुँ ।’ नेपाल टेलिकमलगायत विभिन्न पेपर एडमा मोडलिङ गरिसकेकी पल्पसा विशेषगरी सामाजिक सेवामा रुचि राख्छिन् ।


रुचिले मोडलिङ गर्दै आएका पल्पसाका तस्बिरहरु अनलाइन मिडियामा चर्चामा छ । केही दिनअघि उनले मोडलिङ फोटोसुट गरेकी हुन् । ‘मिस नेवा–२०१७’मा पार्टिशिपेन्ट भएपछि मोडलिङलाई रुचिका रुपमा अँगालेकी काठमाडौं बुढानिलकण्ठकी पल्पसा लियो क्लव अफ क्रियटिभ युथ, काठमाडौंकी अध्यक्ष हुन् । उनले उक्त सामाजिक संस्थामार्फत विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएकी छन् ।

हेर्दा हिस्सी परेकी पल्पसा आफूलाई चुँजी भएको बताउँछिन् । उनले लकडाउनकै बेला लायन्स क्लवसँग मिलेर विभिन्न सामाजिक सेवा गरेको पल्पसाले सुनाइन् । पल्पसाको उद्देश्य भने साइक्लोजिस बन्नु हो ।


साथै उनी गीत गाउन र डान्स गर्न पनि रुचाउँछिन् । ‘म गिटार पनि आफैँ“ बजाउँछु’ पल्पसाले सुनाइन्, ‘गाउन र नाच्नु मेरो शौख हो ।’ पल्पसालाई केही म्युजिक भिडियोहरुमा समेत अफर आइसकेको छ । तर, आफूले नगरेको बताइन् । आफ्नो भाषा र संस्कृतिप्रति गहिरो लगाव राख्ने पल्पसा भन्छिन्, ‘मिस नेवामा सहभागी भएपछि आफ्नो भाषा, संस्कृति र पहिरनप्रति धेरै सिक्न पाएँ ।’ लोकशन : होटल सम्पदा गार्डेन लाजिम्पाट,मेकअप : मोनिमा खड्गी

Comments