सुनिता र विकासको ‘आँखै बेइमानी’ (लिरिकल भिडियो)
screennepal
प्रकाशित: २०७७, १ श्रावण बिहीबार
no img

काठमाडौं, १ साउन । पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता थेगिम र विकास राईको स्वरमा ‘आँखै बेइमानी’ बोलको गीत सार्वजनिक भएको छ । यस लिरिकल भिडियोलाई एमएमएस इन्टरटेनमेन्टले आफ्नो यु–ट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा दुर्गा रिमालको शब्द र लक्ष्मण गुरुङको संगीत रहेको छ । यस गीतमा टेकेन्द्र यक्सोको म्युजिक संयोजन रहेको छ ।
गायिका सुनिता विशेषगरी पूर्वेली गीतका लागि चर्चित छिन् । त्यस्तै, सुगम संगीतमा समेत जम्दै गरेकी सुनिता र विकासको यो ‘आँखै बेइमानी’ बोलको युगललाई श्रोताले रुचाएका छन् ।

Comments