कोभिड-१९ : लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग
screennepal
प्रकाशित: २०७६, १८ चैत्र मंगलवार
no img

भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छन् ।
कोरोना भाइरसबिरुद्ध लडाईमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुका नाम यसअघि नै नामसूचीमा दर्ता भइसकेको छ । सोमबार गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान र्पुयाउने घोषणा गरेकी हुन् ।
यसैगरी बलिउड क्षेत्रका अक्षय कुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग र्पुयाउने घोषणा गरिसकेका छन् ।
भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस फैलिन नदिन २१ दिनको ‘लकडाउन’ को घोषणा गर्नु भएको छ । भारतमा यस संक्रमणबाट ३२ जनाको ज्यान जानुको साथै १ हजार २५१ संक्रमित रहेका छन् ।

Comments