खगेन्द्रसँग आभाको ‘बित्ला है जीवन’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, ८ चैत्र शनिबार
no img

पुर्वेली लोकगीतका लागि चर्चित गायक खगेन्द्र यक्सो लिम्बू र गायिका आभा मुकारुङको स्वरमा ‘बित्ला है जोवन’ बोलको गीत सार्वजनिक भएको छ ।
पुर्वेली लोकगीतमा आधारित उक्त गीतमा सुबी राईको शब्द संगीत रहेको रहेको । लिम्बु संस्कृति, भेषभुषामा आधारित यस भिडियोलाई संखुवासभा र तेह्रथुमको तिनजुरे, मंगलबारे, चौकी, म्याङलुङ, जिरिखिम्तीबजारलगायतमा स्थानहरुमा छायाँकन गरिएको छ । साथै, भिडियोमा जिरिखिम्तीको ऐतिहासिक खरुण्डे मेला, बसन्तपुरको र दृश्यहरुलाई समावेश गरिएको छ । गायक खगेन्द्र यक्सोकै निर्देशन रहेको यस गीतको भिडियोलाई शिरकुमार साम्पाङले खिचेका हुन् ।
यस भिडियोमा योगेन राई र आशा चोङबाङसँगै बुद्धबीर चोङबाङ, चन्द्र फागो, पत्रकार टिआर सेनेहाङ, देबेन्द्र चोङबाङ, सीता तुम्बाहाङफे, अमृता लिम्बू, बिक्की थापा मगरलगायतको अभिनय छ । देउकृष्ण देवानले कोरियोग्राफी रहेको भिडियोमा रोयल डान्स सेन्टर धरानका कलाकारले नृत्य गरेका छन् ।

Comments