‘पानी तालमा…’ त्रिकोणात्मक प्रेम (भिडियो)
screennepal
प्रकाशित: २०७६, १ चैत्र शनिबार
no img

पछिल्लो समयकी व्यस्त गायिका सहिमा श्रेष्ठ र गायक रमेश श्रेष्ठको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘पानी तालमा छ’ बोलको गीतको भिडियोलाई यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गायिका सहिमा देश विदेशका कार्यक्रमहरुमा निकै व्यस्त छिन् । त्यस्तै, गायक रमेश पनि विभिन्न मेला–महोत्सव तथा सांगीतिक कार्यक्रमहरुमा ब्यस्त हुँदै आएका छन् । यिनै दुई कलाकारले व्यस्तताका बाबजुद नयाँ गीत ल्याएका हुन् ।
सार्वजनिक गीतमा अमरबहादुर श्रेष्ठको शब्द तथा गायक रमेश श्रेष्ठकै संगीत रहेको छ । यस गीतको म्युजिक भिडियोलाई राहुल बराइलीले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माले छायाँकन रहेको छ । सार्वजनिक भिडियोमा नबिन राई, मोडल अञ्जली अधिकारी र सम्पदा बानियाँको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोमा त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।

Comments