आजदेखि ‘नेपाल स्टार’ प्रसारण सुरुवात
screennepal
प्रकाशित: २०७६, २४ फाल्गुन शनिबार
no img

गायन रियालिटी शो वाइवाइ नेपाल स्टारको प्रसारण शनिबार राती ९ बजेदेखि नेपाल टेलिभिजनमा हुँदैछ ।
नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि ले उत्पादन गरेको शोको पहिलो एपिसोडमा पोखरा अडिसनलाई प्रसारण गर्न लागिएको कार्यक्रम निर्देशक रवि श्रेष्ठले जानकारी दिए । गत २९ पुसमा बाराही माबी मालेपाटनमा पोखरा अडिसन सम्पन्न भएको थियो ।
शोमा गायक रामकृष्ण ढकाल, गायिक अञ्जु पन्त र संगीतकार आलेकश्री निर्णायकको भुमिकामा छन् । कार्यक्रम प्रस्तोताको रुपमा सञ्जोक बस्याल र निशा पाठक रहेका छन् । पोखरामा लामो समय सञ्चार क्षेत्रमा सक्रिय रहेर काम गरेका बस्याल पहिलोपटक टेलिभिजनको पर्दामा कार्यक्रम सञ्चालकको भुमिकामा देखिएका हुन् । बस्यालसँगै प्रस्तोताको रुपमा रहेकी पाठक मिस ग्राण्ड नेपाल २०१९ की बिजेता हुन् ।
पाठकले कार्यक्रम बनाउँदा निकै मिहेनत गरेका कारण दर्शकहरुले मनपराउने विश्वास व्यक्त गरिन् । ‘एकदम खुशी लागेको छ, नेपालको आफ्नै मौलिक शो होस्ट गर्न पाउँदा पाठकले भनिन्, ‘पहिलो एपिसोड भएकोले डर लागिराछ ,विश्वास छ दर्शकहरुले मनपराउनु हुनेछ’ ।
कार्यक्रम निर्देशक श्रेष्ठले ४ देखि ५ वटा राउण्ड गरि कुल ३६ वटा एपिसोड प्रसारण गरिने जानकारी दिए । ‘हाललाई ३६ वटा एपिसोड छ तर बढ्न पनि सक्छ’, श्रेष्ठले भने ‘कस्तो किसिको प्रतिक्रिया आउँछ भन्नेमा खुल्दुली छ । तर जे जस्तो आउँछ त्यसलाई हामी स्विकाछौँ ।’ प्रतियोगिताका लागि सात प्रदेश र काठमाण्डौंसहित ८ स्थानमा अडिसन लिइएको थियो ।

Comments