‘बैगुनी छौ भन्ने कल्ले जान्यो र ?’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, १८ फाल्गुन आईतवार
no img

डा.बुद्धिमान श्रेष्ठले ‘बैगुनी’ बोलको गीत गाएका छन् । कान्तिपुर डेन्टल कलेज धापासी बसुन्धराका डाइरेक्टरसमेत रहेका उनको पहिलोपटक गीत गाएका हुन् ।
गायिका मेलिना राईसँग गाएको गीत ‘रेलले तान्यो र बैगुनी छौ भन्ने कल्ले जान्यो र’लाई डेन्टल कलेजकै हलमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीको आतिथ्यतामा प्रतिष्ठानकै पूर्वअध्यक्ष चन्द्र शर्मालगायतदे उक्त गीत सार्वजनिक गरिएको थिए ।
संगीतकार बादल घिमिरेको शब्द तथा संगीतमा तयार भएको लोक आधुनिक शैलीको ‘बैगुनी’ गीतमा डा.बुद्धिमान श्रेष्ठले स्वर भरेका हुन् । डा.श्रेष्ठले पहिलोपटक मेलिना राईसँग गाएको यो गीतको म्यूजिक भिडियो हेरिसकेपछि सबैले प्रशंसा गरेका थिए । उनले भने, ‘मैले स्कूल पढ्दाताका कार्यक्रमहरूमा गीत गाउँथे र मेरो गीतसंगीतमा गहिरो झुकाव थियो त्यसैले अहिले आएर गीत गाउने रहर पूरा गरेँ ।’


कार्यक्रममा गीतका संगीत संयोजक कृष्ण भान्जा, म्यूजिक भिडियोका निर्देशक निकेश खड्का, कोरियोग्राफर सुरेन्द्र बसेल र संगीतकार बादल घिमिरेले गीत निर्माणको क्रममा भएका अनुभवहरु सुनाएका थिए । डा.श्रेष्ठसँग गाउने क्षमता भएको हुँदा गरौँ न त भन्ने सल्लाह भएपछि काम गरेको संगीतकार घिमिरेले बताए ।
त्यस्तै कार्यक्रममा प्रतिष्ठानका पूर्वअध्यक्ष शर्माले आफूले पाएको अभिभावक डा.बुद्धिमान श्रेष्ठ राम्रो गायक भएको बताए । त्यस्तै, प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले गायक डा.श्रेष्ठको पुराना दिन औँल्याउँदै आफूहरुलाई गीतसंगीत क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने एक अभिभावक भएको बताए । उक्त गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र सागर लम्सालले अभिनय गरेका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

Comments