रंगपत्रकार अधिकारीको रुमाल फाटी गो… (भिडियो)
screennepal
प्रकाशित: २०७६, १५ फाल्गुन बिहीबार
no img

पछिल्लो समय पुर्वेली लोकगीत बजारमा सुस्ताउँदै गएको अवस्थामा रंग पत्रकार भोला ‘रुमाल फाटी गो’ ल्याएका छन् । उक्त लोकगीतमा पुर्वेली पुर्वकै गाउँठाउँलाई समेटिएको छ ।
पुर्वका विभिन्न गाउठाउँलाई समेटिएको उक्त गीतमा गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको स्वर रहेको छ । उक्त गीतको भिडियो पनि पुर्वमै छायाँकन गरिएको गीतकार अधिकारीले बताए ।
हालै सार्वजनिक उक्त गीतमा सानैमा छोडेको मायालुलाई रुमालमार्फत सम्झिने प्रयास गरिएको छ । यस गीतमा शब्द तथा संकलन अधिकारीले नै गरेका हुन् ।
यसअघि पुर्वै मोरङ, धरान भेडेटार, म त मरेको मान्छे, लडेँ झाँडीमा जस्ता पुर्वेली गीतहरु शब्दमा कारेका अधिकारीले केही गीतमा संगीत तथा भिडियो निर्देशन समेत गरिसकेका छन् । यो पछिल्लो गीतमा पनि उनको आफ्नै निर्देशन तथा अभिनयमा रहेको छ ।
ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको यस गीतको भिडियोमा अधिकारीसँगै विनिता राई, बद्रि पौडेल, सर्वज्ञान कोइराला, गुञ्जन माझी र विएन नेपालको अभिनय तथा नृत्य रहेको छ । गीतमा संगीत संयोजन केबी भण्डारीको छ ।

Comments