आशाको ‘सहयात्री’मा सुरज र सीता (भिडियो)
screennepal
प्रकाशित: २०७६, १२ फाल्गुन सोमबार
no img

काठमाडौं, १२ फागुन । गीतकार आदर्श लिम्बुको शब्दरचना र रोहित लिम्बुको संगीतमा ‘सहयात्री’को ‘जानु नै थियो भने’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायिका आशा साम्बाको सुमधुर स्वरमा सुन्न सकिन्छ । उक्त गीतको भिडियोलाई ट्रिएक म्युजिक प्रोडक्सन प्रालिले सार्वजनिक गरेको हो ।
भिडियोमा गीतकार आदर्श लिम्बूकै निर्देशन रहेको छ भने अञ्जित श्रेष्ठको छायाँकन र सम्पादन रहेको छ । सो म्युजिक भिडियोमा सुरज लिम्बू र सीता लिम्बूको अभिनय रहेको छ ।
‘सहयात्री’ गीतमा वैदेशिक रोजगारमा जाने बाध्यताका कारण परिवारमा निम्त्याएको समस्यालाई उजागर गर्न खोजिएको निर्देशक लिम्बुले जानकारी दिए ।
मोफसलमा रहेर नेपाली गीतसंगीतमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको ट्रिएक म्युजिक प्रोडक्शनले आगामी दिनमा स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्दै जाने योजना कम्पनीका अध्यक्ष सुरज लिम्बुले बताए । उक्त भिडियो झापाको दमकबाट सञ्चालित संगीत दर्पण नेपाल नामक युटुब च्यालनबाट सार्बजनिक गरिएको हो ।

Comments