निर्वाचन आयोगका प्रमुख आयुक्तको ‘राजकुमार’ (भिडियो)
screennepal
प्रकाशित: २०७६, २९ माघ बुधबार
no img

भिडियो वेभ सिरिजका लोकप्रिय कलाकार र कार्टुन्ज–क्रु संयुक्त रुपमा प्रस्तुत भएका छन् । जिबेश गुरुङ, सहिन प्रजापति र कुशल विष्टसँगै कार्टन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा एकै भिडियोमा देखिएका छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको शब्द, महेन्द्र तिमिल्सिनाको स्वर, दिपक शर्माको संगीत रहेको ‘म राजकुमार’ बोलको गीतको भिडियोमा राजकुमार बन्ने होडलाई देखाइएको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई श्यामस्वेत रसाइँलीले मिक्सीङ गरेका हुन् । बालकृष्ण ओलीको संयोजनमा तयार भएको भिडियोसहिन प्रजापतिले निर्देशन गरेका छन् । अमन मानन्धरको सम्पादन रहेको भिडियोलाई नवराज उप्रेतिको छायाँकन र रेनीश फागोको रंगसंयोजन छ । शुभ मिडिया होमले प्रस्तुत गरेको भिडियोमा ‘म राजकुमार’ भन्दै सरोज, कुशल, जिवेश र सहिन भिडियोमा प्रतिस्पर्धा गरेका छन् ।

Comments