‘अधुरो लाग्छ मेरो जीवन’ (भिडियो)
screennepal
प्रकाशित: २०७६, २१ माघ मंगलवार
no img

नेपाली फिल्म ‘लभ डायरिज’को रोमान्टिक गीत सार्वजनिक गरेको छ । २ फागुनमा अल नेपाल रिलिज हुने भनिएको यस फिल्मको ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमाल बीचको त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ । प्रविण पौडेलको संगीत रहेको उक्त गीतमा प्रताप दास र प्रविशा अधिकारीको युगल स्वर रहेको छ । यस गीतलाई मानसविक्रम थापाले लेखेका हुन् । यस फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । फिल्ममा सुशील, रुबिना र विश्वजित प्रमुख भूमिका छन् ।

Comments