युवालाई प्रेरित गर्ने ‘भ्यालेन्टाइन’
screennepal
प्रकाशित: २०७६, २१ माघ मंगलवार
no img

१४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन–डे नजिकिँदै गर्दा लघु चलचित्र ‘भ्यालेन्टाइन’ सार्वजनिक गरिएको छ । मौलिक टि.भी युटुव च्यानलले निर्माण गरेको ‘भ्यालेन्टाइन’को एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
दमकमा रहेको आफ्नै कायालर्यमा कार्यक्रम गरी निरन साम्पाङको लेखन, निर्देशन, छायाँकन तथा सम्पादन रहेको उक्त लघु चलचित्रमा संचारकर्मी देशराज नेम्बाङ र उदियमान गायिका कौशिला खेवाको मुख्य भुमिका रहेको छ ।
यस लघु चचित्रमार्फत युवाहरुको अपरिपक्क पे्रम, वेरोजगार युवाहरुको पिडा र बैदेशिक रोजगारको समस्यालगायतका विषय उजागर गरी युवालाई स्वदेशमै श्रम गरी देश निमार्ण लाग्न प्रेरित गरेको छ ।
दमक झापामा रहेको धार्मिक स्थल साकेला थानमा छायाँकन गरिएको सो लघु चलचित्रमा कमल बुढाथोकी र दित्य राईको पाश्र्व संगीत रहेको छ ।
कार्यक्रममा निर्देशक निरन साम्पाङले आगामी दिनमा पनि यस्तै समसामयिक विषयमा सन्देशमुलक चलचित्र डकुमेन्ट्री निमार्ण गरी सामाजिक दायित्व निर्वाह गर्ने बताए । प्रिमियम सोमा संचारकर्मी तथा सामाजिक व्यक्तित्वहरुले चलचित्र सम्बन्धी प्रतिकृया प्रस्तुत गरेका थिए । मौलिक टिभीले यसअघि तिब्बत राईको निर्देशन रहेको घरेलु हिंसा सम्बन्धी सचेतनामुलक वृत्तचित्र ‘आर्तनाद’ प्रस्तुत गरि सकेको छ ।

Comments