तिमीले बाटो फेरयौं अरे : अनि सुरु भयो करोड क्लवको कथा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, २० माघ सोमबार
no img

‘सर निकै खुसी छु, यो हामी सबैको मिहिनेतको फल हो’ आफ्नो चर्चित गीत ‘तिमीले बाटो फेरयौ अरे–२’ करोडौं क्लवमा प्रवेश गरेपछि दंग हुँदै गीतकार दर्पण राईले सुनाए ।
मोडलसमेत रहेका गीतकार दर्पणको यो ‘सिग्नेचर’ गीत पनि हो । उनले करिब दर्जनको संख्यामा गीत लेखेका छन्, तीमध्ये दर्पणलाई चिनाउने भनेको ‘तिमीले बाटो फेरयौं’ नै हो । जुन गीतले उनकै यु–ट्युब च्यानलमा एक करोड भ्युअर्स पाएको छ । त्यसैले उनी दंग छन् ।
खाशै दंग पनि नभनौंँ किनकि ‘तिमीले बाटो फेरयौं अरे’ पनि करोड भ्युअर्स पाउने आधुनिक गीत हो । नेपालमा फिल्मका गीतहरुले मात्र करोड भ्यअुर्स पाएको समाचार आइरहेका बेला दर्पणको ‘तिमीले बाटो फेरयौं अरे’ले आधुनिक गीत करोड भ्युअर्स पाएर रेकर्ड राख्न सफल भएको थियो । त्यसपछि गीतिकारितामा हौसिएका दर्पणले उक्त गीत विभिन्न भर्सनमा रेकर्ड गराए । ती सबै दर्शक तथा श्रोताले रुचाए पनि ।
पहिलोपटक मेल भर्सनमा ‘तिमीले बाटो फेरयौं अरे’ राई इज किङ गायक राजेशपायल राईको स्वर रेकर्ड गराएका थिए भने उक्त गीतलाई फिमेल भर्सनमा गायिका मेलिना राईले गाइन् । एक किसिमले भन्ने हो भने मेलिनालाई समेत उक्त गीतले चर्चामा ल्याएको हो । अहिले पनि अधिकांश कार्यक्रममा मेलिनाले ‘तिमीले बाटो फेरयौं अरे’ गाउन कर लाग्छ किनकि, उनलाई दर्शकले त्यही गीत गाउन लगाउँछन् । त्यसैले ‘तिमीले बाटो फेरयौं अरे’ गीतकार दर्पणको मात्र नभएर राजेशपायल र मेलिनाको समेत सिग्नेचर गीत बन्न सफल भयो भन्दा फरक पर्दैन ।
यसैबेला मेलिनाकै स्वर रहेको ‘तिमीले बाटो फेरयौं अरे–२’ करोड क्वलबमा प्रवेश गरेको हो । विक्रम राईको संगीत रहेको उक्त गीतको भिडियोमा मेलिना र दर्पण नै फिचरिङ छन् । यो गीतको भिडियोलाई फरक ढंगले निर्माण गरिएको छ । एउटा गीतकारकै क्रियशनलाई ‘तिमीले बाटो फेरयौं अरे–२’को भिडियोमा साधारण तथा बुझ्न कठिन तवरले उतारिएको छ । यो गीतको मात्र नभएर भिडियोका मुख्य विशेषता भनेको पनि यही नै हो ।
गीतकार दर्पणका यीबाहेक ‘यो मुटु दुख्छ किन’, ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’जस्ता चर्चित गीतहरु छन् । तर, ‘तिमीले बाटो फेरयौं अरे’को अगाडि ती सबै फिका भएका छन् । गीतकार दर्पणले ‘तिमीले बाटो फेरयौं अरे’ नाममा फिल्म बनाउने समेत यसअघि घोषणा गरिसकेका छन् ।

Comments